स्थानीय तहको सिमाना र संरचना हेरफेरका लागि सुझाव माग
- BFIS News
- 2026 Apr 18 17:39
काठमाडौँ, वैशाख ५ गते — सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेर सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय सुझाव माग गरेको छ। मन्त्रालयले वैशाख ३ गते जिल्ला समन्वय समिति, स्थानीय तह तथा सम्बन्धित निकायहरूलाई पत्राचार गर्दै सुझाव पठाउन आग्रह गरेको हो।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अन्तर्गतका व्यवस्थाअनुसार स्थानीय तहको सिमाना हेरफेर, गाभ्ने (मर्जर) तथा नगरपालिकाको वर्गीकरण पुनरावलोकनका लागि प्रारम्भिक मस्यौदा तयार भइसकेको मन्त्रालयले जनाएको छ। उक्त मस्यौदालाई पूर्णता दिन जिल्ला समन्वय समिति महासङ्घ, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ लाई समेत सहजीकरणका लागि बोधार्थ पठाइएको छ।
मन्त्रालयका अनुसार ऐनका दफा ३, ५, ६, ७ र ८ लाई कार्यान्वयनमा ल्याउने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको हो। यसअन्तर्गत स्थानीय तहको सिमाना परिवर्तन, दुई वा दुईभन्दा बढी तह गाभ्ने तथा वडाको सङ्ख्या समायोजन गर्ने विषयहरू समेटिएका छन्।
मन्त्रालयले मस्यौदाबारे कुनै राय वा सुझाव भए तीन दिनभित्र आधिकारिक इमेलमार्फत पठाउन आग्रह गरेको छ। प्राप्त सुझावहरूको अध्ययनपछि स्थानीय तहको संरचनात्मक सुधार तथा सुदृढीकरणका लागि आवश्यक निर्णय लिइने जनाइएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)






प्रतिक्रिया