NIMB Header 2
Nepal Life

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा बढ्दो

NMB Bank
  • BFIS News
  • 2026 Apr 18 17:41
बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा बढ्दो
United Ajod

नेपालगन्ज, वैशाख ५ गते — बाँके जिल्लामा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसाका घटना बढ्दै गएको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय बाँके ले सार्वजनिक गरेको गत चैत महिनाको विवरणअनुसार मात्रै यस्ता १०३ वटा उजुरी दर्ता भएका छन्।

 

Shikhar
Nepal Life
NIMB

प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्ट का अनुसार दर्ता भएका उजुरीमध्ये ८२ वटा विभिन्न प्रक्रियाबाट फछ्र्यौट गरिएको छ भने २१ वटा अझै बाँकी रहेका छन्। उजुरी दिने पीडितमध्ये १८ देखि २५ वर्ष उमेर समूहका २५ जना र २६ देखि ३९ वर्ष उमेर समूहका ५२ जना रहेका छन्।

यसै अवधिमा ५३ जना महिला, बालबालिका तथा जेष्ठ नागरिक हराएको वा बेपत्ता भएको भन्दै खोजतलासका लागि निवेदन परेको प्रहरीले जनाएको छ। तीमध्ये २९ जना फेला परेका छन् भने २४ जनाको खोजी जारी छ। हराउनेमध्ये २५ महिला, १९ बालिका, ४ बालक र ५ जेष्ठ नागरिक थिए। फेला पर्नेमा ११ महिला, १३ बालिका, ३ बालक र २ जेष्ठ नागरिक समावेश छन्।

हालसम्म १४ महिला, ६ बालिका, १ बालक र ३ जेष्ठ नागरिकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यस्तै, चैत महिनामा मात्रै घरेलु हिंसा तथा झैँ–झगडाका ६८ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये ५२ वटा उजुरीमा दुवै पक्षबीच मिलापत्र गराइएको छ भने बाँकी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यस अवधिमा जिल्लामा जघन्य, गम्भीर तथा सामान्य प्रकृतिका २०१ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये १७१ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँके ले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया