कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्राही : सभापति थापा
- BFIS News
- 2026 Apr 20 21:38
मकवानपुर, वैशाख ७ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानविनका लागि गठित कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्राही भएको बताउनुभएको छ ।
हेटौँडामा सोमबार आयोजित नेपाली कांग्रेस बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा आफ्नो धारणा राख्दै सभापति थापाले उक्त घटनाबारे सत्यतथ्य, स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो ।
गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजयसम्बन्धी समीक्षा गर्दै उहाँले नयाँ सरकारले गैरकानुनी सम्पत्ति आर्जन तथा भ्रष्टाचारका विषयमा अनुसन्धान गर्दा कानुन, नियम र विधि–प्रक्रियाअनुसार अघि बढ्नुपर्ने बताउनुभयो । कसैप्रति पूर्वाग्रही व्यवहार नगर्न आग्रह गर्दै उहाँले विधिको शासन सबैले पालना गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका क्रियाशील सदस्यहरूले नयाँ जिम्मेवारी लिई सूचना प्रविधिको प्रयोगमार्फत पार्टीका नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउनुपर्ने बताउनुभयो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)













.jpg)




प्रतिक्रिया