Nepal Life

दिगो विकासका लक्ष्य पूरा गर्न ऐन कानुन सुधार गर्न आवश्यक : अध्यक्ष ढकाल

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Wed 04:25
दिगो विकासका लक्ष्य पूरा गर्न ऐन कानुन सुधार गर्न आवश्यक : अध्यक्ष ढकाल
Sanima Reliance

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लक्ष्यहरू पूरा गर्न सरकारले ऐन कानुन र नीतिहरू सुधार गर्न आवश्यक रहेको बताएका छन् । 

NIMB

मङ्गलबार महासङ्घ र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा भएको दिगो विकासका लक्ष्य कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले नेपालमा दिगो विकासका लक्ष्यहरू पूरा गर्ने निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए । 

अध्यक्ष ढकालले निजी क्षेत्रले व्यावसायिक क्रियाकलाप बढाउनका लागि नीति, ऐन कानुन र नीतिहरू सुधार हुन जरुरी रहेको बताए । उनले दिगो विकासका लक्ष्यहरू पूरा गर्न निजी क्षेत्र महत्त्वपूर्ण पार्टनरका रूपमा काम गरिरहेको जानकारी दिए । 

उनले भने, ‘‘दिगो विकासका लक्ष्यहरू पूरा गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको छ । निजी क्षेत्रले व्यावसायीक क्रियाकलाप बढाउनका लागि नीतिहरुदेखि दिगो विकासका लक्ष्यहरू पूरा गर्ने व्यावसायिक गतिविधि बढाउन ऐन कानुन र नीतिहरू सुधार हुनुपर्छ भन्ने कुरा हो । दिगो विकासका लक्ष्यहरू पूरा गर्नका लागि निजी क्षेत्र महत्त्वपूर्ण पार्टनर भनिएको छ । त्यही अनुसार महासङ्घले यो विषयमा कार्यक्रम गरेको हो ।’’

उनले नेपालमा व्यावसायिक गतिविधिहरू बढाएर व्यवसायीहरूको आत्मबल बढाउने काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । उनले निजी क्षेत्रले रोजगारी सिर्जनादेखि हरेक विषयमा ठुलो योगदान रहेको बताए । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया