NIMB Header 2
Nepal Life

दिवस कुमारलाई फोनपेले पुनः सीईओ बनायो, आइपिओ निष्काशन गर्ने जिम्मेवारी

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Apr 21 12:02
दिवस कुमारलाई फोनपेले पुनः सीईओ बनायो, आइपिओ निष्काशन गर्ने जिम्मेवारी
United Ajod
Nepal Life
NIMB

दिवस कुमार सन् २०२१ मा सीईओ बनेपछि फोनपेले उल्लेखनीय प्रगति हासिल गरेको छ। उनको नेतृत्वमा कम्पनी नेपालकै अग्रणी डिजिटल भुक्तानी नेटवर्कका रूपमा स्थापित हुन सफल भएको हो।

उनकै कार्यकालमा फोनपेले नेपालकै पहिलो ओपन-लूप क्यूआर भुक्तानी प्रणाली सुरु गरेको थियो। हाल कम्पनीले देशभर २० लाखभन्दा बढी व्यापारीसँग आफ्नो सञ्जाल विस्तार गरिसकेको छ। दैनिक रूपमा २५ लाखभन्दा बढी कारोबार हुने गरेको छ भने कुल कारोबार रकम १५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

फोनपेले सीमापार भुक्तानी सेवामा पनि विस्तार गर्दै भर्चुअल क्रेडिट कार्डजस्ता नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ। आगामी दिनमा दिवस कुमारले सीमापार अन्तरक्रियाशीलता (क्रस-बोर्डर इन्टरअपरेबिलिटी), उत्पादन विस्तार र वित्तीय समावेशीतामा थप ध्यान केन्द्रित गर्ने योजना बनाएका छन्।

साथै, उनले कम्पनीलाई सन् २०२६ मा प्रस्तावित प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) तर्फ अघि बढाउने नेतृत्व पनि गर्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया