एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
- BFIS News
- 2026 Sep 24 20:38
काठमाडौं। एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्र बीच दिगो तथा जलवायु विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस साझेदारीले नेपालमा Green Financing क्षेत्रलाई थप प्रभावकारी बनाउन विज्ञानमा आधारित ज्ञान र समाधानलाई वित्तीय अवसरसँग जोड्ने लक्ष्य राखेको छ ।
यस सहकार्यअन्तर्गतको अनुसन्धान, प्राविधिक ज्ञान तथा क्षमता विकासको अनुभवलाई एनएमबि बैंक लिमिटेडको वित्तीय क्षेत्रसम्बन्धी विशेषज्ञतासँग जोडिनेछ। यसबाट वातावरण संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता बढाउन सकिने दिगो परियोजना र लगानीका अवसर पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एनएमबि बैंक लिमिटेडले दिगो तथा हरित बैंकिङलाई प्राथमिकता दिँदै वातावरणमैत्री र जिम्मेवार वित्तीय अभ्यासलाई निरन्तर अघि बढाउँदै आईरहेको छ । बैंक र इसिमोड बीचको यो साझेदारीले विज्ञान, वित्त र दिगो विकासबीचको सहकार्यलाई थप मजबुत बनाउँदै नेपालमा दीर्घकालीन र वातावरणमैत्री आर्थिक विकासका लागि योगदान पुर्याउने विश्वास लिइएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)






.jpg)


.jpeg)

प्रतिक्रिया