NIMB Header 2
Nepal Life

स्थानीय तहको सहभागितामा सौर्य ऊर्जा विस्तार: १ मेगावाटसम्मका आयोजनाका लागि पीपीए खुला

NMB Bank
  • BFIS News
  • 2026 Apr 21 13:57
स्थानीय तहको सहभागितामा सौर्य ऊर्जा विस्तार: १ मेगावाटसम्मका आयोजनाका लागि पीपीए खुला
United Ajod
Shikhar
Nepal Life
NIMB

प्राधिकरण सञ्चालक समितिको ९१५औँ बैठकको निर्णयअनुसार चालु आर्थिक वर्ष २०८२/८३ भित्रै यस्ता आयोजनासँग पीपीए सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

निश्चित दर र सरल प्रक्रिया

विद्युत् नियमन आयोग को निर्देशनअनुसार सौर्य आयोजनाबाट उत्पादित विद्युत्का लागि प्रतियुनिट ४ रुपैयाँ ९४ पैसाको स्थिर खरिद दर तोकिएको छ। यस दरमा वार्षिक वृद्धि हुने व्यवस्था भने रहने छैन।

प्राविधिक प्रक्रिया सरल बनाउन ‘ग्रिड इम्प्याक्ट स्टडी’ अनिवार्यता हटाइएको छ। अब आयोजनाहरूलाई प्राधिकरणका विद्यमान ११ केभी वा ३३ केभी प्रसारण लाइनमा ‘टी–कनेक्सन’ मार्फत सिधै जोड्न सकिनेछ। यसले साना लगानीकर्ता र स्थानीय तहका लागि प्रक्रिया छरितो र सहज बनाउने अपेक्षा गरिएको छ।

आवेदन दिने समयसीमा

इच्छुक प्रवर्द्धक कम्पनीहरूले २०८३ वैशाख २८ गतेभित्र आवश्यक कागजातसहित प्राधिकरणको विद्युत् व्यापार विभागमा आवेदन दिनुपर्नेछ। आवेदनका लागि स्थानीय तहको ५१ प्रतिशत शेयर सुनिश्चित भएको प्रमाण, कम्पनी दर्ता, कर चुक्ता प्रमाणपत्र, विद्युत् उत्पादन अनुमतिपत्रलगायत १२ बुँदे विवरण अनिवार्य गरिएको छ।

स्थानीय ऊर्जा विकासमा टेवा

स्थानीय स्रोतको अधिकतम उपयोग गर्दै स्थानीय तहलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित ल्याइएको यो नीतिले नवीकरणीय ऊर्जाको क्षेत्रमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ।

यसअघि नेपाल विद्युत् प्राधिकरण ले करिब ९६० मेगावाट क्षमताका सौर्य आयोजनाका लागि पीपीए अनुमति दिइसकेको छ भने थप आयोजनाहरू प्रक्रिया अन्तर्गत छन्। अब भने स्थानीय तहमा आधारित सौर्य परियोजनालाई प्राथमिकता दिँदै आवेदन खुला गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया