सुस्तायो शेयर बजार: कारोबार ५ अर्बमा सिमित, भारी बन्यो सम्पत्ती शुद्धिकरणको मुद्दा
- BFIS News
- 2026 Apr 21 15:13
काठमाडौं। सरकारको सम्पत्ती सुद्धिकरणको अभियान आफैलाई भारी बन्न थाले पछि यसको असर शेयर बजारमा देखा परेको छ। सरकार आफैले समाएका व्यक्तिसँग गृहमन्त्रीको नेक्सस देखिए पछि गृहमन्त्री राजिनामा दिने अवस्थामा पुगेका छन्। केहि दिन मात्रै स्वार्थ बाझिने गरी निर्णय गरेको भन्दै मन्त्री फिर्ता बोलाएको रास्वपाले गृहमन्त्री सुदन गुरुङलाई पनि फिर्ता बोलाउनु पर्ने चौतर्फी दवावमा परेको छ।
सरकारले एक पछि अर्को गर्दै उद्योगी व्यवसायीलाई धरकपट शैलीमा पक्राउ गरिरहेको छ। यस कारण शेयर बजारमा पनि नकारात्मक असर परिरहेको छ। मंगलबार नेप्से सूचक १७.९१ अंकले घटेको छ। सूचक २८०७.३१ अंकमा झर्दै गर्दा कारोबार रकम ५ अर्ब ७७ करोडमा सिमित भएको छ।
४८ वटा कम्पनीको शेयर मूल्यमा सुधार आए पनि २१५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। सुर्यकुण्ड, पाल्पा सिमेन्ट र शिखर पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्किट तहमा सुधार भएको छ। सोलु, रिलायन्स स्पिनिङ, नेशनल हाइड्रोपावरको शेयर कारोबार सर्वाधिक धेरै भएको छ।
सरकार बजेटको तयारीमा जुटिरहेको छ। अर्को तर्फ सरकारका कतिपय कार्यशैली असफल देखिन थालेका छन्। भ्रष्टाचार र सम्पत्ती सुद्धिकरणका क्षेत्रमा काम गर्न खोजिरहेको सरकारले विना अनुसन्धान फितलो तथा स्टण्ट बाज शैलीमा अगाडी बढ्दा आफैले उठाएका मुद्दा आफैलाई भारी पर्न थालेको छ। यो समय काम गर्नु पर्नेमा यस्ता विषयमा सरकार अल्मलिदा अन्य सुशासनका विषय ओझेलमा परेका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)













.jpg)




प्रतिक्रिया