वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वोत्तम पेन्ट्सको आईपीओ खुल्दै, बैशाख २१ देखि निष्काशन हुने
- BFIS News
- 2026 Apr 22 10:33
काठमाडौ। सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले बैशाख २१ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रुपैयाँ मूल्यका ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये १० प्रतिशत अर्थात ८५ लाख रुपैयाँ बराबरका ८५ हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीका लागि छुट्याइएको छ।
उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले बैशाख २४ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ४ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आवेदन दिन चाहनेहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू तथा मेरो शेयर अनलाइन प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस् नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)












.jpg)





प्रतिक्रिया