NIMB Header 2
Nepal Life

शेयर बजारमा नयाँ सर्किटको नियम फिर्ता लिन लगानीकर्ताको दवाव, नेप्सेमा ५ संघठनको ४ बुँदे माग

IME LIFE
  • BFIS News
  • 2026 Apr 23 16:29
शेयर बजारमा नयाँ सर्किटको नियम फिर्ता लिन लगानीकर्ताको दवाव, नेप्सेमा ५ संघठनको ४ बुँदे माग
United Ajod
Nepal Life
NIMB

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा देखिएको पछिल्ला नियामकीय परिवर्तनप्रति असन्तुष्टि जनाउँदै शेयर बजारका लगानीकर्ताहरुले चार बुँदे माग सार्वजनिक गरेका छन्। पूँजी बजारमा सर्वसाधारण लगानीकर्ताको हकहित संरक्षणमा सक्रिय विभिन्न संघसंस्थाहरुले संयुक्त रूपमा प्रस्तुत गरेको उक्त मागपत्रमा हालै ल्याइएको नयाँ सर्किट नियम फिर्ता लिनेदेखि प्रिमियममा शेयर निष्काशन स्थगित गर्नेसम्मका विषय समेटिएका छन्।

संयुक्त विज्ञप्तिमा हालै संशोधित धितोपत्र कारोवार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ प्रचलित कानूनी प्रक्रिया पूरा नगरी ल्याइएको बताएका छन्। उक्त विनियमावली लागू भएसँगै बजारमा अस्वाभाविक उतारचढाव आएको भन्दै त्यसलाई तत्काल फिर्ता लिन र सम्बन्धित सबै सरोकारवालासँग परामर्श गरेर मात्रै पुनः लागू गर्न माग गरिएको छ।

त्यसैगरी, लगानीकर्ताहरुले IPO निष्काशनमा प्रिमियम मूल्य निर्धारण तथा बुक बिल्डिङ विधि अत्याधिक विवादित बनेको भन्दै संघीय संसदबाट सम्बन्धित कानून पारित नभएसम्मका लागि यी विधि तत्काल स्थगित गर्नुपर्ने माग राखेका छन्।

मागपत्रमा धितोपत्रसम्बन्धी कानून बनाउँदा विधायन ऐन, २०८१ बमोजिम सबै सरोकारवालाको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ। साथै, आवश्यक अध्ययन, अनुसन्धान, तयारी र कानूनी प्रावधानको पूर्ण पालना नगरी स्वेच्छाचारी ढंगले कानून निर्माण तथा संशोधन गर्ने कार्य तत्काल बन्द गर्न पनि आग्रह गरिएको छ।

लगानीकर्ता संघहरुले आफ्ना मागहरु तत्काल पूरा नगरिएमा कानूनी उपचारमा जान बाध्य हुने चेतावनी समेत दिएका छन्। उक्त मागपत्र पेश गर्ने संघसंस्थाहरुमा नेपाल शेयरधनी संघ, नेपाल शेयरबजार लगानीकर्ता संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेष्टर्स एसोसियशन र साधारण लगानीकर्ता संघ रहेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया