NIMB Header 2
Nepal Life

कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित, सहमतिको प्रयास जारी

IME LIFE
  • BFIS News
  • 2026 Apr 24 16:46
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित, सहमतिको प्रयास जारी
United Ajod

काठमाडौँ, वैशाख ११ — नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया हालका लागि स्थगित गरिएको छ।

Nepal Life
NIMB

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सर्वसम्मत रूपमा नेता चयन गर्न निर्देशन दिएपछि शुक्रबारका लागि तय गरिएको निर्वाचन प्रक्रिया रोकिएको हो।

निर्वाचन समितिका संयोजक प्रकाश रसायली ‘स्नेही’का अनुसार शनिबार साँझसम्म सहमतिको आधारमा उम्मेदवार टुंग्याउन उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। कार्यदलमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा निर्वाचन समितिका प्रतिनिधि सहभागी छन्।

संयोजक रसायलीले पार्टीको बृहत्तर हित, लोकतन्त्र र संविधानमाथिका चुनौती सामना गर्न सर्वसम्मत नेतृत्व आवश्यक रहेको भन्दै सहमति प्रयास जारी रहने बताउनुभयो। उहाँका अनुसार सभापति गगनकुमार थापाले पनि नेताहरूसँग छलफल अघि बढाइरहनुभएको छ।

दलको नेताका लागि पार्टीभित्र विभिन्न नाम चर्चामा आएका छन्, जसले प्रक्रिया जटिल बनेको छ। सभापति थापाले सांसद मोहन आचार्य र उपसभापति शर्माले समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई अघि सारिएको बुझिएको छ।

त्यसैगरी, सांसद अर्जुननरसिंह केसीले सहमति नभए उम्मेदवारी दिने अडान राख्नुभएको छ। सहमति नभए पुनः निर्वाचन तालिका तय गरिने कांग्रेसले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया