Nepal Life

प्रभु महालक्ष्मी लाइफको बीमाङ्किय मूल्याङ्कन स्वीकृत, बीमितको बोनस घोषणा गर्ने बाटो खुल्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Wed 16:11
प्रभु महालक्ष्मी लाइफको बीमाङ्किय मूल्याङ्कन स्वीकृत, बीमितको बोनस घोषणा गर्ने बाटो खुल्यो
Sanima Reliance

काठमाडौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको साविकका दुई कम्पनीको बीमाङ्कीय मूल्याङ्क प्रतिवेदन एकै पटक स्वीकृत भएको छ । नेपाल बीमा प्राधिकरणले साविक प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७८/७९ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको हो । 

NIMB

बीमाङ्कीय मूल्याङ्कन स्वीकृत भए सँगै कम्पनीले अव बीमितका लागि उक्त अवधिको बोनसदर पनि घोषणा गर्नेछ । सोहि अनुसार बीमितले बोनसदर प्राप्त गर्ने छन् । त्यस्तै कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन तयार पार्नेछ । लेखापरीक्षण प्रतिवेदन तयार भए सँगै साधारणसभाको पनि बाटो खुला भएको छ । 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन तयार पारे पछि मात्रै गत आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन तयार पार्नेछ । कम्पनीले चालु आर्थिक वर्षको सुरुवातदेखिनै एकिकृत कारोबार गरेको हुँदा गत असार मसान्तसम्मको वित्तीय विवरण भने साविककै कम्पनीहरुको नाममा तयार हुनेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया