सार्वजनिक यातायातको भाडा पुनः वृद्धि, आजदेखि नयाँ दर लागू
- BFIS News
- 2026 Apr 29 12:12
काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ।
इन्धनको मूल्यवृद्धिपछि समायोजन गर्दै यातायात व्यवस्था विभाग ले अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनमा नयाँ भाडादर लागू गरेको हो, जुन बुधबारदेखि प्रभावमा आएको छ।
विभागका अनुसार अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी साधनमा समान रूपमा ५ प्रतिशतका दरले भाडा वृद्धि गरिएको छ।
यसअघि पनि चैत २५ गते भाडा समायोजन गरिएको थियो। पछिल्लो वृद्धि भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय को वैशाख १२ गतेको स्वीकृतिपछि लागू गरिएको हो।
सरकारले इन्धन मूल्यमा भएको परिवर्तनलाई आधार मानेर सार्वजनिक यातायातको भाडा समायोजन गरेको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया