NIMB Header 2
Nepal Life

पूँजीबजार सुधारका लागि लगानीकर्ताको दबाब, प्रधानमन्त्रीसँग तत्काल हस्तक्षेपको माग

IME LIFE
  • BFIS News
  • 2026 Apr 30 11:22
पूँजीबजार सुधारका लागि लगानीकर्ताको दबाब, प्रधानमन्त्रीसँग तत्काल हस्तक्षेपको माग
United Ajod

काठमाडौं ।  देशको पूँजीबजारमा देखिएका समस्या समाधानका लागि लगानीकर्ताहरूले सरकारको उच्च तहको ध्यानाकर्षण गराएका छन्।

Nepal Life
NIMB

नेपाल शेयरबजार लगानीकर्ता संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै बजार सुधारका लागि शीघ्र प्रभावकारी कदम चाल्न आग्रह गरेको हो।

संघका अनुसार हालको धितोपत्र बजार चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। नियामक निकाय नेपाल धितोपत्र बोर्डमा देखिएको भ्रष्टाचार, वित्तीय अनियमितता, स्वेच्छाचारी निर्णय र नीतिगत अस्थिरताले बजारलाई संकटतर्फ धकेलेको संघको दाबी छ।

नेपालमा ५७ लाख ९ हजार ५६६ भन्दा बढी हितग्राही खाता रहेका र ठूलो संख्यामा सर्वसाधारण प्रत्यक्ष रूपमा शेयर बजारमा आबद्ध रहेका अवस्थामा बजारप्रति बढ्दो निराशाले समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने संघको ठहर छ।

संघले धितोपत्र बोर्डले साना लगानीकर्ताको हित संरक्षण गर्ने कानुनी दायित्व प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको आरोप पनि लगाएको छ। ‘धितोपत्र सम्बन्धी ऐन, २०६३’ ले लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकता दिएको भए पनि व्यवहारमा त्यसको कार्यान्वयन हुन नसकेको संघको भनाइ छ। साथै, बोर्डको कार्यशैली बाह्य प्रभावमा परेको भन्दै यसले अन्तर्राष्ट्रिय वित्तीय मापदण्डसँग सम्बन्धित जोखिम बढाएको आरोप पनि पत्रमा उल्लेख गरिएको छ।

बजारलाई थप कमजोर हुनबाट जोगाउन प्रधानमन्त्रीले तत्काल हस्तक्षेप गर्नुपर्ने र बोर्डका हालका सञ्चालकहरूलाई फिर्ता बोलाई उनीहरूको स्थानमा दक्ष र परिणाममुखी विज्ञहरू नियुक्त गर्नुपर्ने माग संघले अघि सारेको छ।

लगानीकर्ताका विभिन्न संघ–संस्थाले लामो समयदेखि उठाउँदै आएका सुधारका मागप्रति सम्बन्धित निकायबाट अपेक्षित प्रतिक्रिया नआएपछि आफूहरू बाध्य भएर सरकारको उच्च तहमा पुग्नुपरेको संघले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया