NIMB Header 2
Nepal Life

दीपक भट्टसँग सम्बद्ध कम्पनीका संस्थापक सेयरधनीको विवरण माग

IME LIFE
  • BFIS News
  • 2026 Apr 30 17:06
दीपक भट्टसँग सम्बद्ध कम्पनीका संस्थापक सेयरधनीको विवरण माग
United Ajod

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले व्यवसायी दीपक भट्ट संलग्न कम्पनीहरूका संस्थापक सेयरधनीबारे विस्तृत विवरण उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ। अनुसन्धान प्रयोजनका लागि आवश्यक तथ्य संकलन गर्न यस्तो सूचना जारी गरिएको विभागले जनाएको छ।

Shikhar
Nepal Life
NIMB

विभागका अनुसार भट्टसँग सम्बद्ध विभिन्न बीमा तथा पुनर्बीमा कम्पनीहरूको स्थापना चरणमा संस्थापक सेयर खरिद गर्ने व्यक्तिहरूसँग सम्बन्धित सम्पूर्ण विवरण माग गरिएको हो। यसमा नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेड, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स, लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स, प्रोटेक्टिभ इन्सुरेन्स कम्पनी, स्टार माइक्रो इन्सुरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्सुरेन्स कम्पनी तथा हिमालयन रिइन्सुरेन्स कम्पनी समावेश छन्।

विभागले बीमा प्राधिकरणबाट अनुमति लिने प्रक्रियामा संस्थापक सेयर खरिदकर्ताले चुक्ता पूँजीबाहेक अतिरिक्त शुल्क (प्रिमियम) स्वरूप विभिन्न व्यक्ति वा संस्थाका बैंक खातामा जम्मा गरेको रकमसम्बन्धी विवरण आवश्यक परेको जनाएको छ।

सूचनामा रकमको परिमाण, सम्बन्धित व्यक्तिको नाम, रकम जम्मा गरिएको बैंक तथा वित्तीय संस्था र खाताको स्पष्ट विवरण उपलब्ध गराउन आग्रह गरिएको छ।

विभागले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित सम्बन्धित पक्षलाई कार्यालयमा उपस्थित भई विवरण बुझाउन निर्देशन दिएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया