NIMB Header 2
Nepal Life

ग्यास महँगियो, पेट्रोल–डिजेल सस्तो: नयाँ मूल्य सूची सार्वजनिक

IME LIFE
  • BFIS News
  • 2026 May 01 07:40
ग्यास महँगियो, पेट्रोल–डिजेल सस्तो: नयाँ मूल्य सूची सार्वजनिक
United Ajod

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य पुनः समायोजन गर्दै पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यास तथा हवाई इन्धनको मूल्य वृद्धि गरेको छ।

Shikhar
Nepal Life
NIMB

नयाँ दर शुक्रबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ। यससँगै पहिलो वर्गका क्षेत्रमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा कायम भएको छ। त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १२ रुपैयाँले घटाएर २२२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

यता, खाना पकाउने एलपी ग्यासको मूल्य भने वृद्धि गरिएको छ। प्रति सिलिन्डर १५० रुपैयाँ बढेसँगै ग्यासको नयाँ मूल्य २,१६० रुपैयाँ पुगेको छ।

हवाई इन्धनतर्फ पनि मूल्य समायोजन गरिएको छ। आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँमा प्रति किलोलिटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको निगमले जानकारी दिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया