प्रधानमन्त्रीको सन्देश : साँचो क्रान्ति ‘क’बाट होइन ‘ज्ञ’ अर्थात् ज्ञानबाट सुरु हुन्छ
- BFIS News
- 2026 May 01 12:58
काठमाडौँ, वैशाख १८ गते । प्रधानमन्त्री वालेन्द्र शाहले साँचो क्रान्ति ‘क’ बाट नभई ‘ज्ञ’ अर्थात् ज्ञानबाट सुरु हुने बताउनुभएको छ ।
२५७०औँ बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले ‘ज्ञ’ भनेको ज्ञान भएको स्पष्ट गर्नुभएको हो । उहाँले बुद्धको शिक्षाले विश्वलाई शान्ति, करुणा र अहिंसाको मार्ग देखाएको उल्लेख गर्नुभयो ।
बुद्धको जन्मले धन्य बनेको नेपाल भूमि सधैँ अहिंसा र शान्तिको पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विश्वशान्तिको कामना पनि गर्नुभएको छ ।
उहाँले सन्देशमा भन्नुभएको छ, “बुद्धले भन्नुभयो—दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःख निवारण गर्ने मार्ग पनि छ। बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो।”
प्रधानमन्त्री शाहले अँध्यारो र उज्यालोको उदाहरण दिँदै ज्ञानलाई नै समाधानको मार्गका रूपमा प्रस्तुत गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “जति बेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः हटेर जान्छ। हाम्रो यात्रा पनि ज्ञानको उज्यालोतर्फ हुनुपर्छ, समस्या समाधानको मार्गतर्फ हुनुपर्छ।”
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया