लिग–२ मा नेपालका दीपेन्द्रसिंह ऐरी लगातार फर्ममा, युएईविरुद्ध अर्धशतक
- BFIS News
- 2026 May 01 13:14
काठमाडौँ, वैशाख १८ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक पूरा गर्नुभएको छ ।
घरेलु मैदान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ऐरीले ५३ बलमा अर्धशतक पूरा गर्दै अहिले ७७ रन बनाएर क्रिजमा रहनुभएको छ । ४२ ओभरको समाप्तिसम्म ५ विकेट गुमाएर नेपालले २२० रन बनाएको छ भने ऐरीसँग गुल्सन झा क्रिजमा रहनुभएको छ ।
यो सिरिजमा ऐरीको लगातार तेस्रो अर्धशतक हो । यसअघि वैशाख १२ गते भएको युएईविरुद्धको पहिलो खेलमा उहाँले ७५ रन बनाउँदै ‘प्लेयर अफ दी म्याच’ बन्नुभएको थियो । साथै बलिङमा ३० रन खर्चेर एक विकेट लिनुभएको थियो ।
त्यस्तै, ओमानविरुद्धको दोस्रो खेलमा पनि उहाँले ६० रनको महत्वपूर्ण इनिङ खेल्दै दुई विकेट हात पार्नुभएको थियो ।
आजको खेलमा ओपनर विनोद भण्डारीले पनि अर्धशतक बनाउँदै ७९ बलमा ५६ रनको योगदान दिनुभएको छ ।
नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको हो । लिग–२ अन्तर्गत नेपालले यसअघि युएईलाई ३७ रनले पराजित गरेको थियो । आजको खेलमा कुशल भुर्तेल, आशिफ शेख, करण केसी र बसिर अहमदलाई आराम दिइएको छ भने अन्य खेलाडीमा कप्तान रोहितकुमार पौडेल, भीम सार्की, आरिफ शेख, सोमपाल कामी र सन्दीप लामिछाने सहभागी छन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)













.jpg)




प्रतिक्रिया