Nepal Life

प्रभु महालक्ष्मीकाे नयाँ बाेनसदर घोषणा, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Thu 11:12
प्रभु महालक्ष्मीकाे नयाँ बाेनसदर घोषणा, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले साविक प्रभु लाइफ र महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७८/७९ को नयाँ बाेनस दर घोषणा गरेको छ । कम्पनीले एकै पटक साविकका दुबै कम्पनीको बीमाङ्कीय मूल्याङ्कन गरेर बोनसदर सार्वजनिक गरेको हो ।

NIMB

साविक प्रभु लाइफका बीमितले आर्थिक वर्ष २०७८/७९ को लागि न्युनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म दिने भएको छ । त्यस्तै साविक महालक्ष्मी लाइफले बीमितलाई न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म दिने भएको छ । महालक्ष्मी लाइफले सुरुवातिदिनदेखिनै बीमितलाई राम्रो बोनस दर प्रदान गर्दै आएको छ । कम्पनीले धेरै भन्दा धेरै बीमा पोलिसी बिक्री हुने पोलिसीमा आकर्षक बोनस दिदै आएको छ । बीमा कम्पनीहरुले एकदमै लामो अवधिको बीमालेखको बोनसदर धेरै देखाएर प्रचार गरे पनि महालक्ष्मीले धेरै बिक्री हुने १० देखि १५ वर्ष अवधिको पोलिसीमा आकर्षक बोनस दिदै आएको छ । 

हेर्नुहोस बोनसदर

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया