NIMB Header 2
Nepal Life

दूरसञ्चार प्राधिकरण अध्यक्ष बन्न १० वर्ष अनुभव आवश्यक, सरकारले गर्यो दरखास्त आह्वान

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 09 15:28
दूरसञ्चार प्राधिकरण अध्यक्ष बन्न १० वर्ष अनुभव आवश्यक, सरकारले गर्यो दरखास्त आह्वान
IME LIFE

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण को अध्यक्ष र सदस्य पदका लागि आवेदन खुला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले शुक्रबार सूचना प्रकाशित गर्दै एक जना अध्यक्ष र चार जना सदस्य नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

Nepal Life
NIMB

सूचनाअनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले आगामी जेठ ५ गते मंगलबार कार्यालय समयभित्र आवेदन पेश गर्नुपर्नेछ । दरखास्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको संस्थान समन्वय शाखा, सिंहदरबारमा बुझाउनुपर्ने उल्लेख गरिएको छ ।

मन्त्रालयले अध्यक्ष र सदस्य पदका लागि न्यूनतम योग्यता तथा अनुभवसमेत तोकेको छ । अध्यक्ष पदका लागि आवेदन दिने व्यक्ति ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ । साथै दूरसञ्चार सेवा सम्बन्धी प्राविधिक वा प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानूनी क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्नेछ ।

त्यसैगरी सदस्य पदका लागि प्राविधिक वा प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण तथा कानूनी क्षेत्रबाट एक–एक जना छनोट गरिनेछ । सदस्य पदका आवेदकले सम्बन्धित विषयमा स्नातक तह वा सो सरह उपाधि हासिल गरी कम्तीमा सात वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

आवेदकले कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति नलिएको तथा प्रचलित कानूनबमोजिम नियुक्तिका लागि अयोग्य नरहेको हुनुपर्नेछ ।

दरखास्तसँग आवेदन फाराम, नेपाली नागरिकता र राष्ट्रिय परिचयपत्रको प्रतिलिपि, बायोडाटा, शैक्षिक योग्यताका प्रमाणपत्र, अनुभव खुल्ने कागजात, स्वघोषणा फाराम तथा हालसालै खिचेको दुई प्रति पासपोर्ट साइजको फोटो संलग्न गर्नुपर्नेछ ।

यसबाहेक आवेदकले नेपाली वा अंग्रेजी भाषामा ३ हजारदेखि ५ हजार शब्दसम्मको शिलबन्दी व्यावसायिक कार्ययोजना पनि पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । कार्ययोजनाको कभर पेजमा आफ्नो नाम उल्लेख गर्नुपर्ने भए पनि अन्यत्र आफूलाई चिनाउने कुनै संकेत राख्न नपाइने सूचनामा उल्लेख छ ।

मन्त्रालयका अनुसार शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्र स्वयंले हस्ताक्षर गरी प्रमाणित गरेको हुनुपर्नेछ । रित नपुगी वा निर्धारित समयभित्र प्राप्त नभएका आवेदनमाथि कुनै कारबाही नहुने पनि मन्त्रालयले जनाएको छ ।

थप जानकारीका लागि मन्त्रालयको इमेल [email protected] वा फोन नम्बर ४२११९७९ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि पनि दरखास्त आह्वान गरिएको छ ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया