NIMB Header 2
Nepal Life

स्थानीय तहलाई कम्पनी स्थापना र सेयर खरिदको अनुमति

NMB Bank
  • BFIS News
  • 2026 May 10 12:23
स्थानीय तहलाई कम्पनी स्थापना र सेयर खरिदको अनुमति
United Ajod

काठमाडौं । स्थानीय तहहरूले अब कम्पनी दर्ता गर्न तथा विभिन्न कम्पनीमा सेयर लगानी गर्न पाउने भएका छन्।

Shikhar
Nepal Life
NIMB

कम्पनी रजिष्ट्रारको कार्यालयले नयाँ व्यवस्था लागू गर्दै स्थानीय तहलाई संस्थागत लगानीको बाटो खुला गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार सौर्य ऊर्जा लगायतका क्षेत्रमा स्थानीय तहको लगानी र कम्पनी स्थापना सम्बन्धी माग आएपछि यस्तो निर्णय गरिएको हो।

नयाँ व्यवस्थाअनुसार स्थानीय तहहरूले प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया पूरा गरी कम्पनी स्थापना गर्न, स्वामित्व ग्रहण गर्न तथा विभिन्न कम्पनीको सेयर खरिद गर्न सक्नेछन्।

कार्यालयले यसका लागि सम्बन्धित स्थानीय तहले कम्पनी दर्ता र लगानीसम्बन्धी कानुनी आधार तथा आधिकारिक निर्णय गरेको हुनुपर्ने जनाएको छ। साथै कम्पनी ऐन २०६३ सहित अन्य प्रचलित कानुनअनुसारको प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।

कार्यालयले जारी गरेको सूचनामा स्थानीय तहलाई ऊर्जा, पूर्वाधार, सेवा तथा अन्य व्यावसायिक क्षेत्रमा लगानी गर्न सक्ने वातावरण तयार भएको उल्लेख गरिएको छ। यसबाट स्थानीय स्तरमा उत्पादनमूलक क्षेत्रको विस्तार तथा आर्थिक गतिविधि बढ्न सक्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया