NIMB Header 2
Nepal Life

नीति तथा कार्यक्रमअघि मन्त्रिपरिषद् बैठक बस्दै

IME LIFE
  • BFIS News
  • 2026 May 11 10:36
नीति तथा कार्यक्रमअघि मन्त्रिपरिषद् बैठक बस्दै
United Ajod

काठमाडौं । सरकारले आज मन्त्रिपरिषद् बैठक बोलाएको छ।

Nepal Life
NIMB

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान बस्ने बैठकमा विभिन्न मन्त्रालयबाट पेश भएका प्रस्तावमाथि छलफल हुने जनाइएको छ।

सरकारी स्रोतका अनुसार बैठकमा समसामयिक प्रशासनिक तथा नीतिगत विषयहरूमा निर्णय हुन सक्नेछ। विशेषगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुनुअघि बस्न लागेको बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

सरकारले आजै संघीय संसद्मार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ। त्यसअघि मन्त्रिपरिषद् बैठकमार्फत आवश्यक एजेन्डा र तयारीबारे अन्तिम छलफल हुने बताइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया