सानिमा इक्विटी फण्ड २ मा आवेदन दिने म्याद जेठ ७ सम्म थप
- BFIS News
- 2026 May 12 10:26
काठमाडौं । Sanima Capital Limited ले बिक्री खुला गरेको ‘Sanima Equity Fund 2’ मा इकाई खरिदका लागि आवेदन दिने अवधि थप गरिएको छ। अब लगानीकर्ताले जेठ ७ गतेसम्म आवेदन दिन सक्ने भएका छन्।
बैशाख २४ गतेदेखि सार्वजनिक निष्काशनमा ल्याइएको उक्त बन्दमुखी योजनामा मागभन्दा बढी आवेदन परेमा भने तोकिएको समयअघि नै बिक्री बन्द गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
यो योजना Sanima Mutual Fund अन्तर्गत सञ्चालन हुने १० वर्ष अवधिको बन्दमुखी म्युचुअल फण्ड हो। योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा कुल १० करोड इकाई निष्काशन गरिएको छ, जसको कुल आकार एक अर्ब रुपैयाँ बराबर रहेको छ।
निष्काशित कुल इकाईमध्ये न्यूनतम १३ प्रतिशत अर्थात १ करोड ३० लाख इकाई कोष प्रवर्द्धक Sanima Bank Limited का लागि सुरक्षित गरिएको छ। त्यस्तै, योजना व्यवस्थापक Sanima Capital Limited लाई २० लाख इकाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत दिन सकिनेछ। साथै, Mero Share प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।
फण्डको निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी Sanima Capital Limited ले नै सम्हालेको छ।
क्रेडिट रेटिङतर्फ, CARE Ratings Nepal Limited ले कोष प्रवर्द्धकलाई ‘केयर एनपी सिंगल ए माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ भने ICRA Nepal Limited ले योजना व्यवस्थापकलाई ‘इक्राएनपी एएमसी क्वालिटी ३ प्लस’ रेटिङ दिएको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)












.jpg)





प्रतिक्रिया