रिलायबल समृद्धि योजना २ को इकाई बिक्री आजदेखि खुला
- BFIS News
- 2026 May 12 10:30
काठमाडौं । Reliable Capital Investment and Merchant Banking Limited ले ‘Reliable Samriddhi Yojana 2’ नामक सामूहिक लगानी कोषको इकाई बिक्री आजदेखि खुला गरेको छ।
योजना अन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि ८ करोड ५० लाख इकाई निष्काशन गरिएको छ।
Reliable Mutual Fund अन्तर्गत सञ्चालन हुने उक्त योजना १० वर्ष अवधिको बन्दमुखी म्युचुअल फण्ड हो। प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य कायम गरी कुल १० करोड इकाई निष्काशन गरिएको छ, जसको कुल आकार एक अर्ब रुपैयाँ बराबर रहेको छ।
कुल निष्काशित इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई सुरक्षित गरिएको छ। यसमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक Reliable Nepal Life Insurance Limited लाई तथा १० लाख इकाई योजना व्यवस्थापकका लागि छुट्याइएको छ। बाँकी इकाई सर्वसाधारण लगानीकर्ताका लागि उपलब्ध गराइएको हो।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। प्रारम्भिक आवेदन अवधि जेठ १ गतेसम्म तोकिएको छ। सो अवधिसम्म सम्पूर्ण इकाई बिक्री नभएमा निष्काशन अवधि जेठ १२ गतेसम्म लम्बिने जनाइएको छ।
योजनाको निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी Reliable Capital Investment and Merchant Banking Limited ले नै सम्हालेको छ। इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखामार्फत आवेदन दिन सकिनेछ। साथै, Mero Share मार्फत सी–आस्बा प्रणाली प्रयोग गरेर अनलाइन आवेदन पनि दिन सकिने व्यवस्था रहेको छ।
क्रेडिट रेटिङतर्फ, CARE Ratings Nepal Limited ले कोष प्रवर्द्धकलाई ‘केयर एनपी सिंगल ए माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई ‘केयर एनपी एएमसी क्वालिटी ४ प्लस’ रेटिङ प्रदान गरिएको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)




.jpg)




प्रतिक्रिया