NIMB Header 2
Nepal Life

स्नो रिभर्सको आईपीओ सर्वसाधारणका लागि आजदेखि खुला

IME LIFE
  • BFIS News
  • 2026 May 12 10:34
स्नो रिभर्सको आईपीओ सर्वसाधारणका लागि आजदेखि खुला
United Ajod

काठमाडौं । Snow Rivers Limited ले सर्वसाधारण लगानीकर्ताका लागि आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको थियो।

Nepal Life
NIMB

कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न स्वीकृति पाएको थियो। सोमध्ये ९ लाख ३७ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि तथा ९३ हजार ७५० कित्ता श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याएर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।

त्यसैगरी, ४६ हजार ८७५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १८ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरी वितरण गरिसकिएको छ। अब दोस्रो चरणअन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन अवधि छिटोमा जेठ १ गतेसम्म रहनेछ भने पूर्ण आवेदन नपरेमा जेठ १२ गतेसम्म खुला रहने जनाइएको छ।

कम्पनीले सञ्चालन गरिरहेको १३.५ मेगावाट क्षमताको Super Kabeli Khola A Hydropower Project जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख रुपैयाँभन्दा बढी रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २० करोड १४ लाख रुपैयाँ रहेको कम्पनीले उल्लेख गरेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै ३१ वर्ष २ महिना बाँकी रहेको छ।

कम्पनीका अनुसार आयोजनामा गरिएको लगानीको साधारण फिर्ता अवधि ८.१७ वर्ष रहेको छ भने डिस्काउन्ट गरिएको आधारमा लगानी फिर्ता अवधि १५.७७ वर्ष अनुमान गरिएको छ।

क्रेडिट रेटिङ संस्था ICRA Nepal Limited ले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाएको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी Sanima Capital Limited ले सम्हालेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया