वैदेशिक रोजगारीलाई बाध्यताबाट अवसरमा रूपान्तरण गर्ने सरकारको योजना
- BFIS News
- 2026 May 11 18:13
काठमाडौं । सरकारले वैदेशिक रोजगारीलाई बाध्यताको अवस्थाबाट व्यवस्थित र सम्मानजनक रोजगारीको अवसरमा रूपान्तरण गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०९२/९३ सम्मलाई ‘रोजगार प्रवर्द्धन दशक’ घोषणा गरेको छ।
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारी व्यवस्थापन, सीप विकास तथा श्रमिक सुरक्षालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका हुन्।
नीति तथा कार्यक्रममा श्रम बजारलाई व्यवस्थित बनाउने उद्देश्यसहित अनौपचारिक क्षेत्रलाई क्रमशः औपचारिक क्षेत्रमा रूपान्तरण गरिने उल्लेख छ। यससँगै श्रमिकको अधिकार संरक्षण, सामाजिक सुरक्षा तथा श्रमसम्बन्धी कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरिने सरकारको योजना रहेको छ।
सरकारले विदेशबाट फर्किएका नेपालीलाई स्वदेशमै रोजगारी तथा उद्यमशीलतामा आकर्षित गर्न ‘रिभर्स प्रवासन’ प्रोत्साहन गर्ने नीति पनि अघि सारेको छ। त्यसका लागि एकीकृत प्रोत्साहन प्याकेज ल्याइने नीति तथा कार्यक्रममा समेटिएको छ।
सरकारले वैदेशिक रोजगारीलाई केवल आय आर्जनको माध्यममा सीमित नराखी सीप, लगानी र उद्यम विकाससँग जोड्ने रणनीति अघि बढाएको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)

.jpg)





प्रतिक्रिया