यती एअरलाईन्सले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त
- BFIS News
- 2026 May 12 12:31
काडमाडौँ । यती एअरलाईन्स लिमिटेडले आफ्नो साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि श्री एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
आन्तरिक हवाई सेवा प्रदान गदै आइरहेको यति एयरलाइन्स लिमिटेड नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकहरुमध्ये एक हो । कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय सेवामा विशेष जोड दिँदै देशका प्रमुख शहरी तथा दुर्गम गन्तव्यहरुमा नियमित उडान सञ्चालन गर्दै आएको छ ।
साथै, नेपालको हवाई पहुँच विस्तार तथा क्षेत्रिय कनेक्टिभिटी सुदृढ गर्न कम्पनीले महत्वपूर्ण योगदान पु्याउदै आएको छ । धितोपत्र निष्काशन सम्बन्धी उक्त सम्झौतापत्रमा यती एअरलाईन्स लिमिटेडका तर्फबाट प्रमुख वित्त अधिकृत श्री अनुप आचार्य र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सचिन्द्र ढुङ्गाना द्वारा हस्ताक्षर गरिएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)




.jpg)




प्रतिक्रिया