Nepal Life

विन्ध्यवासिनी प्राकृति चिकित्सालयलाई सगरमाथा लुम्बिनीको ५ लाख आर्थिक सहयोग

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Fri 05:11
विन्ध्यवासिनी प्राकृति चिकित्सालयलाई सगरमाथा लुम्बिनीको ५ लाख आर्थिक सहयोग
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले पोखराको विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले सामाजिक उत्तर दायित्व बहन गर्ने प्रयास स्वरुप विन्ध्यवासिनी धार्मिक क्षेत्र समिति पोखरा द्वारा सञ्चालित विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई रु. ५ लाखको आर्थिक सहयोग प्रदान गरेको हो ।

NIMB

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले चिकत्सालयका प्रमुखलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका छन् । कम्पनीले चिकित्सालयको बृद्धि विकासका लागि यस्तो रकम हस्तारण गरेको हो । 

कम्पनीले मुनाफाको एक प्रतिशत रकम यस्तै सामाजिक क्षेत्रमा खर्च गर्नु पर्छ । यसै क्रममा हस्पताल जस्तो पुन्य क्षेत्रमा सहयोग गरेको हो । कम्पनीले नेपालभर निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । दाबी भुक्तानीलाई प्रमुख नारा बनाउदै भिआइपी प्लस जस्ता नविनतम स्किम मार्फत सरल र सहज रुपमा दाबी भुक्तानी गर्दै आइरहेको छ । साविक सगरमाथा र लुम्बिनी मर्जर भएर सगरमाथा लुम्बिनी बनेको हो । मर्जर पछि कम्पनीले आफ्नो सेवालाई थप विस्तार गर्ने क्रममा कृषि बीमालाई नमुनाका रुपमा अगाडी बढाइरहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया