NIMB Header 2
Nepal Life

कान्स रेड कार्पेटमा हिमाली छुर्पीका भूपेन्द्र खनाल र स्नेह शर्माले झल्काएको जनावर प्रेम

IME LIFE
  • BFIS News
  • 2026 May 18 21:31
कान्स रेड कार्पेटमा हिमाली छुर्पीका भूपेन्द्र खनाल र स्नेह शर्माले झल्काएको जनावर प्रेम
United Ajod

काठमाडौं। रेड कार्पेटमा सेलिब्रिटी र प्रभावशाली व्यक्तित्वका उपस्थिति, उनीहरूका पहिरनका डिजाइन र स्टाइल, त्यहाँ उनीहरूले सिधै वा साङ्केतिक रूपमा उठाउने मूद्दा।

Shikhar
Nepal Life
NIMB

सन् २०२६ को प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको त्यस्तै माहोलमा मोरङ, उर्लाबारीका भूपेन्द्र खनाल र उनकी श्रीमती स्नेह शर्मा (खनाल) देखा परेका छन्। सेलिब्रिटीमय बनेको उक्त भारतको बैङ्लोरमा मुख्यालय रहेको कुकुरलाई खुवाइने अन्तर्राष्ट्रिय छुर्पी ब्रान्ड ‘डक्सी च्यू’का संस्थापक उनीहरूले घरेलु जनावरप्रतिको माया र रेखदेखको महत्त्व झल्काउन खोजे।

खनाल र शर्माको उक्त उपस्थितिलाई घरपालुवा जनावरको रेखदेखको विषयले पाएको विश्वव्यापी महत्त्वका रूपमा हेरिएको छ। उद्यमी भइकन पनि खनाल दम्पत्तीले आफूहरूलाई ‘कुकुरका अभिभावक’ भन्न रूचाउँछन्। रेड कार्पेटमा उनीहरूको आफूहरूले हुर्काएर गुमाएको कुकुर ‘मोगली’लाई प्रेम, वफादारी र आत्मियताको प्रतीकको रूपमा आफ्ना रेड कार्पेटमा हिँड्दा लगाएका पोशाकमा कढ़ाई गरेका थिए।

मैले लगाएको कोट भारतीय स्टाइलको मनका गाला थियो, त्यसमा परम्परागत भातगाउँले नेपाली टोपी र पेरिसको १०० वर्ष पुरानो डिजाइनर्स स्टीफन कार्लोसको कालो बुटले हाम्रो जीवनमा मिश्रित संस्कृति र भूमण्डलीकरणको भाव दिन खोजिएको थियो,’ भूपेन्द्र खनाल भन्छन्। मेरो लागि यो केवल फेसन मात्र थिएन। यो पहिचान, हाम्रो जनजीवनमा झल्कँदै आएको मौलिक सम्पदा, प्रेम र मलाई यहाँसम्म डोर्‍याउने यात्राको बारेमा थियो।

कुनै बेला भारतमा सोसल मिडियाको विश्लेषण गर्ने एक चर्चित् कम्पनी ‘सिम्प्लिफाई ३६०’ का संस्थापक रहेका उनी एक दशकयता छुर्पी उद्योगमा मोडिएका थिए।

आधुनिकतासँगै बदलिरहेको हाम्रो पछिल्लो जीवनशैलीमा घरपालुवा जनावरहरू परिवारका अभिन्न सदस्यका रूपमा झन्झन् नजिकिँदा छन्। त्यस्तोमा घरपालुवा जनावरको पोषण, कल्याण र राम्रो हेरचाह दिने विषय विश्वव्यापी मूलधारको आन्दोलनमा विकसित भएको छ।

"कान्स त्यस्तो मञ्च हो जहाँ संसारका लोभलाग्दा कथाहरूले आफ्ना दर्शक भेटाउँछन् र तिनलाई विशाल रूपले बढाउने अवसर पाउँछन्। डगसीले घरपालुवा जनावर निकै राम्रो माया र स्याहारका हकदार छन् भन्ने अडिक विश्वासको सुरुवात गरेको थियो। सोही विश्वासले एक दशकमा हामीलाई ७९औँ कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा ल्याएको छ। जब तपाईँ ठूलो सोच्नुहुन्छ र आफ्नो दृष्टिकोणप्रति प्रतिबद्ध रहनुहुन्छ तब त्यस्तै हुन्छ," डगसी च्यूकी सह-संस्थापक तथा सीएमओ स्नेह शर्माले भनिन्।

खनाल दम्पत्तीले ‘डग्सी च्यू’का लागि कान्सको रेड कार्पेट उपस्थितिलाई विश्वभर घरपालुवा जनावरसँग घुलमिल हुने बढ्दो सांस्कृतिक र त्यसले देखाएको व्यावसायिक महत्त्वको सङ्केतका रूपमा हेरिएको छ।

उद्यमीका रूपमा स्नेह शर्मा र भूपेन्द्र खनालले सन् २०१५ मा स्थापना गरेको डग्सी च्यूले हिमालय क्षेत्रको प्राकृतिक छुर्पीलाई कुकुरको स्वास्थ्यसँग जोडेर अगाडी बढाइरहेको छ। नेपाल र भारतका हिमाली भेगका दुधबाट बन्ने छुर्पी उनीहरू विश्वबजारमा पठाउँछन्। त्यसरी वार्षिक २६० करोड भारतीय रूपैयाँको कारोबार गर्ने यस उत्पादनले विश्व बजारमा हिमालयन याक च्यूका रूपमा त्यसले  बेग्लै पहिचान बनाउन सकेको छ। आजका दिनमा यस ब्रान्ड ३० भन्दा बढी देशमा फैलिएको छ। उक्त छुर्पीसँग घरपालुवा जनावरहरू सफा, स्वस्थ र अधिक प्राकृतिक पोषणका हकदार रहेको विश्वास गर्ने विश्वभरका लाखौँ परिवार जोडिएका छन्।

"घरपालुवा जनावरको हेरचाह, कल्याण, पोषण र उनीहरूप्रतिको सचेत जीवनलाई लिएर हाल अर्थपूर्ण रूपबाट विश्वव्यापी बहस सुरु भएको छ। हामीलाई यहाँ निम्त्याइनु त्यसकै प्रतिबिम्व पनि हो। हाम्रा लागि यो एक उत्कृष्ट अवसर र क्षण हो। हिमालयमा जन्मेको ब्रान्ड यहाँसम्म आइपुग्नु साँच्चै विशेष छ", स्नेह शर्मा र भूपेन्द्र खनाल भन्छन्।

यसअघि सन् २०२४ को कान्स रेड कार्पेटमा हाल नेपालका प्रधानमन्त्री रहेका बालेन्द्र शाह ‘बालेन’ सहभागी भएका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया