NIMB Header 2
Nepal Life

जेठ १४ देखि सानिगाड हाइड्रोको आईपीओ बिक्री खुला हुने

IME LIFE
  • BFIS News
  • 2026 May 19 10:21
जेठ १४ देखि सानिगाड हाइड्रोको आईपीओ बिक्री खुला हुने
United Ajod

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेड ले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ ।

Nepal Life
NIMB

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर निष्काशन तथा बाँडफाँट सम्पन्न गरिसकेको थियो ।

कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये पहिलो चरणमा २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा ५ लाख ७० हजार कित्ता शेयर विदेशमा कार्यरत नेपालीहरूका लागि बिक्री गरिएको थियो ।

त्यसैगरी, १ लाख ७१ हजार कित्ता शेयर कर्मचारीहरू तथा २ लाख ८५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको कम्पनीले जनाएको छ । अब बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आधारमा यसबाट ४६ करोड ७४ लाख रुपैयाँ बराबर रकम संकलन हुने कम्पनीको लक्ष्य छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ बिक्री छिटोमा जेठ २० गते र ढिलोमा जेठ २८ गतेसम्म खुला रहनेछ ।

कम्पनीलाई इक्रा नेपाल ले ‘इक्रएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाइएको छ ।

सानिगाड हाइड्रोले निर्माण गरिरहेको ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको अनुमानित लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीले उल्लेख गरेको छ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ३ महिना बाँकी रहेको बताइएको छ ।

कम्पनीका अनुसार आयोजनामा गरिएको लगानी साधारण आधारमा ८.२५ वर्षमा फिर्ता हुने अनुमान गरिएको छ भने डिस्काउन्ट आधारमा लगानी फिर्ता अवधि १४.६९ वर्ष रहनेछ ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ले पाएको छ । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत ‘सि–आस्बा’ प्रणाली प्रयोग गरी दिन सकिने व्यवस्था गरिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया