प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
- BFIS News
- 2026 May 19 11:34
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक मंगलबार दिउँसो ४ बजे सिंहदरबारमा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार बैठकमा सरकारका समसामयिक कामकारबाही, प्रशासनिक गतिविधि तथा विभिन्न नीतिगत विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
बैठकमा मन्त्रालयगत प्रगतिका विषयमा समीक्षा गर्नुका साथै आगामी कार्ययोजनाबारे समेत छलफल हुने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया