NIMB Header 2
Nepal Life

बजेट तर्जुमाबारे अर्थ समितिले विज्ञसँग परामर्श गर्ने

IME LIFE
  • BFIS News
  • 2026 May 19 13:10
बजेट तर्जुमाबारे अर्थ समितिले विज्ञसँग परामर्श गर्ने
United Ajod

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियासम्बन्धी विषयमा विज्ञहरूसँग परामर्श गर्ने निर्णय गरेको छ।

Nepal Life
NIMB

समितिको चौथो बैठकले आठ जना विज्ञहरूको नामावली अनुमोदन गर्दै आगामी बैठकमा उनीहरूलाई आमन्त्रण गर्ने निर्णय गरेको हो। समितिले बजेट तर्जुमा तथा आर्थिक नीतिसम्बन्धी विषयमा सरकारलाई सुझाव र निर्देशन दिन आवश्यक राय संकलन गर्ने जनाएको छ।

समिति सभापति कृष्णहरि बुढाथोकी का अनुसार समितिअन्तर्गत गठन भएका विषयगत उपसमितिहरूले बैठकमा प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए। ती प्रतिवेदनमा विभिन्न क्षेत्रका समस्या, कमजोरी तथा देखिएका अन्तरहरूबारे जानकारी समेटिएको थियो।

बैठकमा केही सांसदहरूले चालु बजेट तथा बजेट निर्माण प्रक्रियासँग सम्बन्धित विषय पनि उठाएका थिए। त्यसपछि समितिले उपसमितिहरूलाई आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित थप पाँचदेखि १० वटा सुझाव तयार गरी आगामी बैठकमा पेश गर्न निर्देशन दिएको जनाएको छ।

समितिले विज्ञहरूको सुझाव, उपसमितिका प्रतिवेदन तथा सांसदहरूले उठाएका विषयलाई आधार बनाएर आगामी बजेटबारे सरकारलाई थप राय र निर्देशन दिने तयारी गरेको सभापति बुढाथोकीले जानकारी दिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया