मुक्तिनाथ विकास बैंकको १ लाख ५६ हजारभन्दा बढी संस्थापक शेयर लिलामीमा
- BFIS News
- 2026 May 21 15:16
काठमाडौं । Muktinath Development Bank Limited ले संस्थापक समूहअन्तर्गत १ लाख ५६ हजार २८३ कित्ता शेयर लिलामीमा बिक्रीमा राखेको छ । बैंकले इच्छुक सबै लगानीकर्ताले खरिद गर्न सक्ने गरी खुला लिलाम प्रक्रिया सुरु गरेको हो ।
बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकेको छ । शेयर खरिदका लागि आवेदन दिने लगानीकर्ताले न्यूनतम २५ हजार कित्तादेखि अधिकतममा १० को गुणांकमा वा सम्पूर्ण कित्ता माग गर्न सक्ने व्यवस्था गरिएको छ ।
बोलपत्र प्रक्रिया जेठ ७ गतेदेखि जेठ १४ गतेसम्म खुला रहनेछ । इच्छुकले आफूले किन्न चाहेको कित्ता संख्या र मूल्य उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित Muktinath Capital Limited कार्यालयबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpg)


.jpg)
.jpg)




प्रतिक्रिया