समस्याग्रस्त सहकारीका थप ३०४ साना बचतकर्ताको रकम फिर्ता
- BFIS News
- 2026 May 21 16:46
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले थप ३०४ जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ । समितिले कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई रकम फिर्ता गरिएको जनाएको हो ।
समितिका अनुसार कृषि सहकारीका ८८ जना र Shiv Shikhar Multipurpose Cooperative Limited का २१६ जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छन् ।
यसअघि समितिले कान्तिपुर सहकारीका २१५ जना, शिव शिखर सहकारीका १५६ जना र पशुपति सहकारीका ७ जना गरी ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरिसकेको थियो ।
समितिले न्यून रकम बचत गरेका साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गर्ने कार्य अघि बढाएको जनाएको छ । आगामी दिनमा पनि बचत रकमका आधारमा वर्गीकरण गरी क्रमशः फिर्ता प्रक्रिया जारी रहने समितिको भनाइ छ ।
समितिका अनुसार समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् ।
समितिले पाँच लाख रुपैयाँभन्दा कम बचत भएकालाई साना र सोभन्दा बढी बचत भएकालाई ठूला बचतकर्ता भनेर वर्गीकरण गर्दै आएको छ । कुलमध्ये करिब १८ हजार जना ठूला बचतकर्ता रहेको पनि समितिले जनाएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpg)



.jpg)
.jpg)




प्रतिक्रिया