NIMB Header 2
Nepal Life

जेठ १४ देखि लगातार चार दिन सार्वजनिक बिदा

IME LIFE
  • BFIS News
  • 2026 May 22 13:54
जेठ १४ देखि लगातार चार दिन सार्वजनिक बिदा
United Ajod

काठमाडौं । आगामी जेठ १४ गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा पर्ने भएको छ।

Nepal Life
NIMB

बकर इद, गणतन्त्र दिवस तथा नियमित साप्ताहिक बिदा एकैसाथ परेकाले सरकारी कार्यालयहरू लगातार चार दिन बन्द रहनेछन्।

गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। त्यसको भोलिपल्ट जेठ १५ गते गणतन्त्र दिवसका कारण देशभर सार्वजनिक बिदा रहनेछ।

यस्तै, जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार परेकाले लगातार चार दिन बिदा हुने अवस्था बनेको हो। जेठ महिनामा यसरी लगातार चार दिन बिदा परेको यो पहिलो अवसर मानिएको छ।

लगातारको बिदाले सरकारी कर्मचारीलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ भने सरकारी सेवा प्रवाह केही दिन प्रभावित हुन सक्ने देखिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया