NIMB Header 2
Nepal Life

मिथिला लघुवित्तको सीईओमा नगेन्द्र मिश्र नियुक्त

IME LIFE
  • BFIS News
  • 2026 May 22 15:23
मिथिला लघुवित्तको सीईओमा नगेन्द्र मिश्र नियुक्त
United Ajod

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नगेन्द्र मिश्र नियुक्त भएका छन् ।

 

Nepal Life
NIMB

संस्थाको सञ्चालक समितिको जेठ ७ गते दिउँसो ४ बजे बसेको २८८औँ बैठकको निर्णयअनुसार मिश्रलाई सीईओ पदमा नियुक्त गरिएको हो । उनलाई जेठ ७ गतेदेखि लागू हुने गरी एक वर्षका लागि जिम्मेवारी दिइएको संस्थाले जनाएको छ ।

सुनसरीको प्रकाशपुर–२ स्थायी घर भएका तथा हाल मोरङको विराटनगर–८ निवासी मिश्र यसअघि संस्थाकै नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत थिए । बैंकिङ तथा लघुवित्त क्षेत्रमा लामो अनुभव हासिल गरेका मिश्रको नियुक्तिसँगै संस्थाको व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया