देशभर एक महिनामा १,००० भन्दा बढी लागुऔषध कारोबारी पक्राउ
- BFIS News
- 2026 May 22 15:47
काठमाडौँ, जेठ ८ गते । वैशाख महिनामा देशभरबाट एक हजार ५६ जना लागुऔषध कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्ष का अनुसार पक्राउ पर्नेमा काठमाडौँ उपत्यकाबाट १७१, कोशीबाट २०६, मधेसबाट ७०, बागमतीबाट १५४, गण्डकीबाट ५६, लुम्बिनीबाट १६९, कर्णालीबाट २१ र सुदूरपश्चिम प्रदेशबाट १६७ जना रहेका छन् । त्यस्तै लागुऔषध नियन्त्रण ब्यूरोबाट थप ४२ जना पक्राउ परेका छन् ।
सोही अवधिमा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसमेत बरामद गरेको छ । बरामद सामग्रीमध्ये गाँजा एक हजार ८२० किलो, चरेस १९ किलो, हेरोइन चार किलो, अफिम सात किलो, कोकिन ३३ ग्राम तथा पोलेन ११ किलो रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन, ट्रामाडोल, नाइट्राभेट र स्पास्मो जस्ता नियन्त्रित औषधिहरू पनि ठूलो मात्रामा बरामद गरिएको जनाइएको छ ।
प्रहरीले लागुऔषध कारोबार नियन्त्रणका लागि देशभर निगरानी र विशेष अभियानलाई थप कडाइ गरिएको जनाएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया