Nepal Life

नेपाल लाइफले गर्यो मृत्युदावी भुक्तानी, जुनकिरीको परिवारका लागि दुखको साथी

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Fri 22:00
नेपाल लाइफले गर्यो मृत्युदावी भुक्तानी, जुनकिरीको परिवारका लागि दुखको साथी
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जुनकिरीको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सिरिजंघा गाउपालिका ८ (याम्फुदिन) ताप्लेजुङका बीमित जुनकिरी लिम्वुकाे परिवारलाई आज एक कार्यक्रमका विचमा चेक हस्तान्तरण गरेको छ । 

NIMB

जीवन बीमा धनी बन्नलाई हाेईन गरिव हुनबाट बचाउने एक अर्थ बिज्ञान हाे । परिवारको मुख्य सदश्य गुमाउदा पुरै परिवारले दुख पिडा पाउनु पर्ने अवस्था आउछ । यदि समयमा बीमा गर्न सकियो भने दुखको समयमा बलियो सहारा बन्ने निश्चित छ । 

जोखिम अनिश्चित हुन्छ, आर्थिक नोक्सानी हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टी नै बीमा हो । बीमा जोखिम हस्तान्तरणको माध्यम हो । नेपालमा अहिले पनि अधिकांश नागरिक बीमाको दायरमा आउन सकेका छैनन् । बीमा समितिको तथ्याङ्क अनुसार कुल जनसंख्याको ४० प्रतिशत हाराकारी नागरिक मात्र बीमाको दायरमा आएका छन् । जुन तथ्याङ्क संख्यात्मक आँकडा मात्र हो, गुणात्मक हैन । एउटै व्यक्तिको दुई वा सोभन्दा बढी बीमा लेख हुन गरेको पाइन्छ । नेपालमा बीमासम्बन्धी सकारात्मक धारणा निकै कम रहेको पाइन्छ ।

बीमाले व्यक्तिको मृत्युपछि पनि उसको परिवारको आर्थिक अवस्था कमजोर नहोस् भनि क्षमता अनुसारको जोखिम व्यवस्थापन गर्नु आवश्यक छ । बीमा कम्पनीहरुले व्यक्तिको मृत्युमा व्यक्ति नै होइन । तर, उसको अभावमा पनि स्वयम् व्यक्ति भए झैँ आर्थिक अवस्था उहि ढङ्गले चलाउनको लागि गरिने बीमा क्षमता अनुसारको बीमा हो । जसका लागि मानवीय आर्थिक मूल्यको आधारमा वास्तविक मूल्यको बीमा गर्न जरुरी हुन्छ । बीमा मार्फत व्यक्तिको वास्तविक मूल्याङ्कन गर्ने हो भने कुनै पनि व्यक्तिले आफ्नो वार्षिक आम्दानीको पाँचदेखि १५ गुणासम्मको बीमाङ्क कायम गरेमा मात्रै वास्तविक रुपमा आर्थिक जोखिम व्यवस्थापन हुन्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया