स्थानीय तहबाटै जग्गा प्रशासन सेवा सञ्चालनको तयारी, पहिलो चरणमा ३५ पालिका छनोट
- BFIS News
- 2026 May 24 14:37
काठमाडौं । भूमि व्यवस्था मन्त्रालय ले जग्गा प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउने तयारीअन्तर्गत पहिलो चरणमा ३५ वटा पालिका छनोट गरेको छ।
आवश्यक जनशक्ति र प्राविधिक पूर्वाधार पूरा भएपछि ती स्थानीय तहबाट सेवा प्रवाह सुरु गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार प्रत्येक शाखामा प्रशासनतर्फ एक अधिकृत, दुई नापी अधिकृत वा सर्वेक्षक, दुई अमिन, चार सहायक तथा दुई कम्प्युटर अपरेटरको व्यवस्था गर्नुपर्नेछ।
प्राविधिक संरचनाअन्तर्गत ‘नेलिस’ (NeLIS) प्रणाली सञ्चालनका लागि विशेष कम्प्युटर, आठ सेट डेस्कटप, प्रिन्टर, बायोमेट्रिक उपकरण र थम्ब क्याप्चर डिभाइस अनिवार्य गरिएको छ। साथै, १०० एमबीपीएस इन्टरनेट र ५ एमबीपीएस इन्ट्रानेट (L2) जडानको व्यवस्था गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ।
सेवा सञ्चालनका लागि सुरक्षित कार्यकक्ष, अभिलेख व्यवस्थापन र सेवाग्राही प्रतिक्षालयको व्यवस्था समेत अनिवार्य गरिएको छ। मन्त्रालयले तोकेका मापदण्ड पूरा गरेपछि सम्बन्धित पालिकाले प्रमाणित विवरण मन्त्रालयको आधिकारिक इमेलमार्फत पठाउनुपर्ने व्यवस्था गरिएको छ।
यो प्रणाली कार्यान्वयन भएपछि नागरिकले जग्गासम्बन्धी सेवा लिन जिल्ला सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.png)





प्रतिक्रिया