NIMB Header 2
Nepal Life

बैंकिङ कसुर मुद्दामा फरार ५३ वर्षीय व्यक्ति काठमाडौंबाट पक्राउ

IME LIFE
  • BFIS News
  • 2026 May 24 19:59
बैंकिङ कसुर मुद्दामा फरार ५३ वर्षीय व्यक्ति काठमाडौंबाट पक्राउ
United Ajod

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौं उपत्यकाबाट पक्राउ गरेको छ ।

 

Nepal Life
NIMB

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ बस्ने ५३ वर्षीय प्रणवलाल सिंह रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौं बाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सिंहलाई काठमाडौं महानगरपालिका–१३ छाउनी क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका सिंहलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त जनसेवा मा पठाइएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया