Nepal Life

लाभांश दिन नसक्दा शेयरधनीको सम्पत्ती ७० प्रतिशतले बढ्यो, एनआइसी एशिया बैंकका सिइओ न्यौपानेको विचार  

Global Ime detail Page
  • रोशन कुमार न्यौपाने
  • 2023 Oct Sun 06:36
लाभांश दिन नसक्दा शेयरधनीको सम्पत्ती ७० प्रतिशतले बढ्यो, एनआइसी एशिया बैंकका सिइओ न्यौपानेको विचार  
Sanima Reliance

काठमाडौं । कोभिड १९ महामारीको कारण सन् २०२० को सुरुवातबाट नै विश्व अर्थतन्त्रको वृद्धि हुन नसकेको अवस्था रहँदा रहँदै रुस युक्रेन युद्धका कारण आ.व. २०७९/८० मा Global Supply Chain प्रभावित भई उच्च मूल्य वृद्धि, बेरोजगारी, खाद्यान्न संकट, औद्योगिक संकट लगायतका समस्याहरु देखा परेका छन् । अन्तर्राष्ट्रिय स्तरमा देखिएका यस्ता चुनौतीहरुले आर्थिक मन्दी, आयात निर्यातमा संकुचन, विश्वस्तरमा नै ब्याजदर वृद्धि जस्ता कारणहरुले गर्दा विश्व अर्थतन्त्रमा गम्भिर प्रभाव परेको छ ।

 

NIMB

नेपालको अर्थतन्त्र आयातमुखी भएकोले उक्त प्रभाव नेपालको अर्थतन्त्रमा पनि पर्न गई गत आर्थिक वर्ष २०७९/८० मा आधारभूत मूल्यमा २.१६ प्रतिशतले मात्र आर्थिक वृद्धि हुने अनुमान गरिएको छ भने औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । अर्थतन्त्रमा Assets Market Price करिब Crash जस्तै भएको, लगानीकर्ताहरुमा आत्मविश्वासको कमी भई समग्र वाणिज्य बैंकहरुको कर्जा असुलीमा गम्भीर प्रभाव परेको अहिलेको यस्तो चुनौतिपूर्ण अवस्थाको बाबजुद पनि बैंकले आर्थिक वर्ष २०७९/८० मा उत्साहजनक Performance गर्न सफल भएको छ ।

बैंकले आफ्नो व्यवसायमा गुणात्मक वृद्धि हासिल गरी मुनाफामा वृद्धि गर्नको लागि तय गरेको पञ्चवर्षीय व्यवसायिक योजना अठोट २२–२७ अन्तर्गतको पहिलो आर्थिक वर्ष २०७९/८० मा बैंकले हरेक वित्तीय सूचकहरुमा उत्साहजनक नतिजा ल्याउन सफल भएको छ ।

गत वर्ष (आ.व. २०७९/८०) मा कुल कर्जा रकम रु. २७१.६ अर्ब, कुल निक्षेप रकम रु. ३१४.३१ अर्ब, लगानी रु. ३५.५३ अर्ब र कुल सम्पत्तिको आकार रु. ३६४.०९ अर्ब पुर्याउन बैंक सफल भएको छ । त्यसैगरी, गत आर्थिक वर्षमा बैंकले कुल संचालन आम्दानी रु. १५.०३ अर्ब, संचालन मुनाफा रु. ६.५४ अर्ब र खुद मुनाफा रु. ४.४४ अर्ब आर्जन गर्न सफल भएको छ । समग्रमा, गत वर्ष हामी बैंकिङ्ग Industry मा देशकै सर्वोत्कृष्ट बैंकहरुको सूचिमा कायम रहन सफल भएका छौं । समग्रतामा बैंकले विगत ५ आर्थिक वर्षहरुमा हासिल गरेको प्रमुख व्यवसायिक उपलब्धीहरुको सारांश देहाय बमोजिम रहेको छः

बैंकको कुल निक्षेप आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. १५१ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९/०८० सम्म आईपुग्दा रु. ३१४ अर्ब पुगेको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको कुल निक्षेप २.०८ गुणा पुगेको छ, जुन समग्र वाणिज्य बैंकहरुको २.०६ गुणाको तुलनामा १.०१ गुणा हो ।

बैंकको कुल कर्जा आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. १२१ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९/०८० सम्म आईपुग्दा रु. २७२ अर्ब पुगेको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको कुल कर्जा २.२५ गुणा पुगेको छ, जुन समग्र वाणिज्य बैंकहरुको २.०४ गुणाको तुलनामा १.१० गुणा हो ।

बैंकको बचत निक्षेप तर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. ४८ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९/०८० सम्म आईपुग्दा रु. ८७ अर्ब पुगेको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको बचत निक्षेप १.८१ गुणा पुगेको, जुन समग्र वाणिज्य बैंकहरुको १.६९ गुणाको तुलनामा १.०७ गुणा हो ।

बैंकको ब्याज नपर्ने निक्षेप तर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. १२ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९/०८० सम्म आईपुग्दा रु. ३६ अर्ब पुगेको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको ब्याज नपर्ने निक्षेप ३.१३ गुणा पुगेको छ, जुन समग्र वाणिज्य बैंकहरुको १.७६ गुणाको तुलनामा १.७८ गुणा हो ।

बैंकको CASA निक्षेप तर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. ६० अर्बबाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा रु. १२३ अर्ब पुगेको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको CASA निक्षेप २.०७ गुणा पुगेको छ, जुन समग्र वाणिज्य बैंकहरुको १.७१ गुणाको तुलनामा १.२१ गुणा हो ।

बैंकको खुद मुनाफा तर्फ आर्थिक वर्ष ०७४/०७५ मा रु. १.३३ अर्ब आर्जन गरेको मुनाफा आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा रु. ४.४४ अर्ब पुगी बैंक साविक १७ औं स्थानबाट चौंथो स्थानमा पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको खुद मुनाफा ३.३३ गुणा पुगेको छ, जुन समग्र वाणिज्य बैंकहरुको १.२५ गुणाको तुलनामा २.६६ गुणा हो ।

बैंकको प्रति शेयर आम्दानी तर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. १६.६२ बाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा रु. ३८.४४ पुगी बैंक साविक १७ औं स्थानबाट पहिलो स्थानमा पुग्न सफल भएको छ ।

बैंकको स्वपूँजीमा प्रतिफलतर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको १२.०९ प्रतिशतबाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा १६.३९ प्रतिशत पुगी बैंक साविक १५औं स्थानबाट दोस्रो स्थानमा पुग्न सफल भएको छ ।

बैंकको ग्राहक संख्या तर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको करिब १३.३३ लाखबाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा ३८.५५ लाख पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको ग्राहक संख्या २.८९ गुणा पुगेको छ, जुन समग्र वाणिज्य बैंकहरुको २.२८ गुणाको तुलनामा १.२७ गुणा हो ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताको संख्या तर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको करिब ३.४१ लाखबाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा १८.७८ लाख पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको डेबिट कार्ड प्रयोगकर्ताको संख्या ५.५१ गुणा पुगेको छ, जुन समग्र वाणिज्य बैंकहरुको २.१४ गुणाको तुलनामा २.५७ गुणा हो ।

बैंकको बजार पूँजीकरण आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा करिब रु २५.३७ अर्बबाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा करिब रु. ९१.७९ अर्ब पूँजी बजार मुल्य प्रतिशेयर को हिसाबले बैंक पहिलो स्थानमा पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको बजार पूँजीकरण ३.६१ गुणा पुगेको छ, जुन समग्र वाणिज्य बैंकहरुको सोही अवधिमा भएको १.२८ गुणाको तुलनामा २.८२ गुणा हो ।

गत आर्थिक वर्षमा समग्र अर्थतन्त्रमा देखिएको शिथिलताको बाबजुद हामीले प्रमुख Financial Indicator मा उत्कृष्ट व्यवसायिक नतिजा हासिल गर्न सफल भएका छौं । आम ग्राहकवर्गहरुको वित्तीय आवश्यकताहरुलाई गहन रुपमा विश्लेषण गर्दै, नविनतम ग्राहकमुखी बैकिङ्ग सेवाहरु ल्याउँदै निरन्तर रुपमा उत्कृष्ट व्यवसायिक नतिजा हासिल गर्न सफल भएका हौं ।

आर्थिक वर्ष २०७९/८० मा पूँजी पर्याप्तताको दृष्टिकोणबाट बैंकले नियामकीय निकायले तोकेको ८.५० प्रतिशत भन्दा बढी कायम गरी ९.४६ प्रतिशत कायम गर्न सफल भएको छ । अर्थतन्त्रमा देखिएको शिथिलता, समग्र बैंकिङ्ग क्षेत्रको कर्जा असुलीमा देखिएको समस्याको बाबजुद बैंकले उत्साहजनक रुपमा कर्जा असुली गरी पूँजी व्यवस्थापनमा ऐतिहासिक सफलता हासिल गरी आगामी दिनहरुमा समेत नयाँ व्यवसायिक सफलता हासिल गर्नको लागि भरपर्दो Platform निर्माण गर्न सफल भएको तथ्य समेत यहाँहरु समक्ष जानकारी गराउन चाहान्छु ।

बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन र कर्मचारीवर्गको सामञ्जस्यता र सहकार्यबाट नै यस प्रकारको सफलता हासिल हुन सकेको यथार्थ तथ्य समेत म यहाँहरुलाई स्पष्ट पार्न चाहन्छु । परिवर्तनशील समय र त्यसमाथि प्रविधिको द्रुत विकासका कारण हिजोको Conventional Banking मा मात्र हामी सीमित नभई हरेक समय प्रतिष्पर्धात्मक क्षमताको विकास गर्नका लागि अध्ययन तथा अनुसन्धानमा समर्पित भई नयाँ Product एवम् Business Avenue हरुको खोजी गर्दै आजको युगमा Innovation ले नै बैंकको लागि Competitive Edge प्रदान गर्न सक्दछ भन्ने मान्यतामा आधारित भई भविष्यमा युवा पुस्ताहरुको लागि डिजिटल प्रविधिमा आधारित विश्व स्तरीय बैंकिङ्ग सेवा सुविधाहरु प्रदान गर्दै Dgitial First Bank बन्ने हाम्रो सोच रहेको छ ।

एन आई सी एशिया बैंक देशको अग्रणी र नेतृत्वदायी बैंक भएको हुनाले आजको युगमा हरेक पेशामा संलग्न ग्राहकवर्गहरुका लागि उपयोगी हुने नयाँ बैंकिङ्ग सेवा तथा सुविधाहरु विकास गर्न हामी हरदम प्रयासरत रहेका छौं । यसका लागि हामीले Latest Technology Equipments, Artificial Intelligence, Machine Learning र Big Data Analytics को बढी भन्दा बढी प्रयोग गरी बैंकिङ्ग सेवालाई निरन्तर Upgrade गरिरहेका छौं ।

Digital First Bank बन्ने बैंकको अठोट अनुरुप गत आ.व. मा बैंकले Video KYC, E-Service, Loan Management System, EFT Switch, Digital CSD, Foneloan, Online Loan Against Fixed Deposit, KIOSK Machine, Cash Deposit Machine, Digital Teller, AI Enabled Website लगायतका Digital Project हरु कार्यान्वयन गरिसकेका छौं भने चालु आ.व. माPaperless Banking, Manless Banking, Virtual Card, AI based Chatbot, Loyalty Management System जस्ता Digital Project हरु सम्पन्न गरी कार्यान्वयनमा ल्याउने बैंकको लक्ष्य रहेको छ ।

निकट भविष्यमा बैंकलाई अझ Professional र Service Oriented बनाउनको लागि अध्ययन अनुसन्धान गरी अहिलेको भन्दा अझ राम्रो, सहज र ग्राहकमैत्री बैंक बनाई NIC ASIA Bank 2.0 Version Upgrade गर्ने विशाल लक्ष्य रहेको व्यहोरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।

ग्राहकवर्गको सन्तुष्टिले नै बैंकलाई सफलताको बाटोमा लैजान्छ भन्ने दीर्घकालीन सोच अनुरुप हामीले ग्राहकवर्गबाट प्रकट भएका गुनासाहरुलाई अत्यन्त महत्वका साथ ग्रहण गरी यथासक्य चाँडो र भरपर्दो माध्यमबाट समाधान गर्ने गरेका छौं । हामीले ग्राहकवर्गको गुनासोहरु संकलन गर्नको लागि बैंकको वेवसाइट, Toll Free Number, Mobile Banking लगायतका विभिन्न माध्यमहरु उपलब्ध गराएका छौं ।

शाखा कार्यालयहरुमा रहेका Teller Service, Customer Service, Remittance Service लगायतका ग्राहकवर्गको प्रथम Touchpoint हरुमा हामीले उच्चतम प्रविधि र तालिमप्राप्त कर्मचारीहरुको व्यवस्था गरेका छौं । ग्राहकवर्गलाई बैंकिङ्ग सेवा लिनको लागि लामो लाइनमा बस्न नपरोस् भन्ने हेतुले हामीले Cash Deposit Machine, Cash Recycler Machine, चेक जम्मा गर्ने KIOSK Machine लगायतका उपकरणहरुको समेत व्यवस्था गरेका छौं ।

२०८० असार मसान्त सम्म बैंकले देशका विभिन्न शाखा कार्यालयहरुमा कुल ६५ वटा, १० वटा Cash Deposit Machine र एउटा Cash Deposit Recycler Machine जडान गरिसकेको छ र चालु आ.व. मा बाँकी शाखा कार्यालयहरुमा थप उपकरणहरु जडान गर्ने बैंकको योजना रहेको छ । यस प्रकारको पछिल्लो प्रविधिमा आधारित उपकरणहरुको प्रयोगबाट ग्राहकवर्गको काम छिटो छरितो रुपमा सम्पन्न हुने हाम्रो अपेक्षा रहेको छ । साथै, हामीले प्रत्येक ग्राहकलाई प्रदान गरिने बैंकिङ्ग सेवामा ढिलासुस्ती नहोस् भन्ने हेतुले Turn Around Time तय गरेका छौं । साथै, कर्मचारी वर्गलाई पर्याप्त तालिमहरु समेत प्रदान गर्ने गरेका छौं ।

साथै, बैंकबाट कर्जा लिन चाहनुहुने साना तथा मझौला व्यवसायी, रिटेल ग्राहक तथा कर्पोरेट ग्राहकहरुको व्यवसायसँग उपयुक्त हुने गरी उद्योग निर्माण तथा संचालन गर्नको लागि परियोजना कर्जा तथा चालुपूँजी कर्जा, सर्वसाधारणवर्गलाई घर कर्जा, सवारी साधन कर्जा लगायतका आवश्यकता अनुसारको थुप्रै प्रकारका कर्जाहरु सुलभ दरमा प्रदान गरिरहेका छौं ।

कर्जा ग्राहकहरुलाई कर्जा लिनको लागि कुनै अवरोधहरु हुन नदिनको लागि हामी प्रतिबद्ध छौं र सोही अनुरुप कर्जा आवेदन दिने बखत देखि कर्जा प्रवाह हुने बखत सम्मको प्रक्रियालाई यथासक्य Simplify गरेका छौं । साथै, ऋणी ग्राहकहरुको हरेक प्रकारको व्यवसायिक आवश्यकताहरु सहजताका साथ पुरा गर्नको लागि हामीले आफ्नो नीतिगत तथा प्रक्रियागत व्यवस्थाहरुलाई अत्यन्त सहजीकरण गरेका छौं ।

यसैकारण हामी एन आई सी एशिया बैंक, बैंकिङ्ग Industry मा अग्रणी स्थानमा छौं र अरु बैंकभन्दा विशिष्ट रहेका छौं । हाम्रो Journey towards Transformation मा सहायता पुर्याउने अन्य Factor हरु मध्ये Business Process Reengineering and Research and Innovation पनि एक हो ।

समग्र बैंकिङ्ग Industry मा अनुसन्धान र खोजलाई प्राथमिकता दिने बैंकहरु मध्ये हामी सबैभन्दा अग्रणी बैंक हौं । हामीले बैंकमा Business Process Reengineering गर्नको लागि छुट्टै विभाग खडा गरेका छौं, जसको अन्य वाणिज्य बैंकहरुले समेत प्रशंसा गरेका छन् । हामीले आफ्नै Research मा आधारित भई समय समयमा Banking Industry मा नै नयाँ Product Launch गर्ने गरेको व्यहोरा सबैलाई जाहेर छ ।

त्यस्तै, हामीले Fair and Transparent Business लाई अंगीकार गर्दै आएका छौं, जसबाट Overall Banking Industry लाभान्वित भएको छ । त्यसैगरी, हामीले हाम्रा कर्मचारीवर्गलाई अत्यन्त मूल्यवान सम्पत्तिको रुपमा ग्रहण गर्ने Culture को विकास गरेका छौं । NIC ASIAN DNA, Ethos र Values ले परिपक्व भएका कर्मचारीहरुबाट बैंकले दीर्घकालिन रुपमा Customer Satisfaction and Retention, Higher Performance र Higher Productivity प्राप्त गर्न सक्ने विश्वासले कर्मचारीहरुको वृत्ति विकास र क्षमता विकासमा यथेष्ट लगानी गर्ने गरेका छौं ।

बैंकले लगानी गरी निर्माण गरेको दक्ष कर्मचारी जनशक्तिबाट बैंकले ठूलो अपेक्षा राखेको छ । बैंकका कर्मचारीवर्गको सीप, क्षमता र नेतृत्वदायी कला विकास गर्नको लागि आगामी दिनमा समेत हामी प्रविधि, नियमन, बैंकिङ्ग व्यवस्थापन लगायतका क्षेत्रमा कर्मचारीहरुलाई पर्याप्त तालिमहरु प्रदान गर्न प्रतिबद्ध छौं भनी यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।

साथै, ग्राहकवर्ग समक्ष एक सहज, सबल, विश्वसनीय, गतिशिल र उत्तरदायी बैंकको रुपमा आफ्नो Brand Image निर्माण गर्नको लागि हामीले सम्पूर्ण श्रोत साधनहरु परिचालन गरिरहेका छौं र आगामी दिनमा Strong Brand Image श्रृजना गर्नको लागि हामी अझ Focused भई कार्य गर्नेछौं भनी यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।

हामीले बैंकिङ्ग सेवा प्रवाह गर्दा देशको ऐन, कानून, नेपाल राष्ट्र बैंकको निर्देशन तथा परिपत्र एवं सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने व्यवस्थाहरुको पूर्ण रुपमा परिपालना गर्ने गरेका छौं । अनुपालनाको क्षेत्रमा हामीले Zero Tolerance (शून्य सहनशीलता) को नीति लिएका छौं । हामीले गर्ने हरेक कार्यहरु अन्तर्राष्ट्रिय बैंकिङ्ग Norms तथा देशको ऐन कानूनको Word र Spirit सँग मेल खाने गरि गरिएका छन् । साथै, हामीले बैंकमा संस्थागत सुशासनलाई सदा उच्चतम् महत्व दिने गरेका छौं ।

संचालक समिति, बैंक व्यवस्थापन र बैंकका हरेक तहमा कार्यरत कर्मचारीहरुले बैंकको नीति नियमहरु पालना गर्ने परिपाटिको विकास गरेका छौं । साथै, सो भए/नभएको यकिन गर्नको लागि हामीले बैंकको रजिष्टर्ड कार्यालय, प्रादेशिक/उपप्रादेशिक कार्यालय र शाखा कार्यालयमा नियमित रुपमा अनुगमन गर्ने संरचना समेत निर्माण गरेका छौं ।

त्यसैगरी, शेयरधनीहरुको मुख्य चासोको विषय लाभांश रहेकोमा Capital Adequacy सम्बन्धी प्राविधिक कारणले विगत दुई वर्षदेखि हामीले शेयरधनी महानुभावहरुलाई लाभांश प्रदान गर्न नसकेको भएता पनि शेयरधनीहरुको बजार पूँजीकरण आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा आइपुग्दा ७०.८२ प्रतिशतले Shareholders’ Wealth Maximization भएको छ, जुन समग्र वाणिज्य बैंकहरुको सोही अवधिमा भएको ९.७२ प्रतिशत भन्दा ६२९ प्रतिशतले बढी हो ।

त्यस्तै गरी कुनै शेयरधनी महानुभावले आर्थिक वर्ष २०७७/०७८ को श्रावण महिनामा रु. १ लाख रुपैया बराबर यस बैंकको साधारण शेयरमा लगानी गरेको भए गत आर्थिक वर्षको आषाढ मसान्त सम्ममा आइपुग्दा उक्त लगानी ६७ प्रतिशतले वृद्धि भई रु.१ लाख ६७ हजार पुगेको छ, जुन समग्र वाणिज्य बैंकहरुमा सोही अवधिमा सोही रकमको लगानीबाट प्राप्त भएको प्रतिफलको हिसावले सबैभन्दा बढी रहेको छ । Market Price Per Share, Earning Per Share र Book Value Per Share (except RBB) को हिसावले बैंक पहिलो स्थानमा रहेको र बैंकले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट हामीले शेयरधनी महानुभावहरुलाई चुक्ता पूँजीको ३०.५२६३ % लाभांश (२९% बोनस शेयर र कर प्रयोजनको लागि १.५२६३% नगद लाभांश) दिने प्रस्ताव गरेको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छु ।

साथै, चालु आर्थिक वर्ष तथा आगामी आर्थिक वर्षहरुमा समेत आम शेयरधनी महानुभावहरुको अधिकतम Wealth Maximization हुने सुनिश्चितता गर्दै बैंकले आफ्नो सबै गतिविधिहरु सञ्चालन गर्न मन, वचन र कर्मले दत्तचित्त भएर लागिरहने प्रण समेत गर्न चाहन्छु ।

अन्त्यमा, बैंकलाई विश्वास गरी आफ्नो वित्तीय साझेदार बनाउनु हुने सम्पूर्ण ग्राहकहरु, बैंकलाई सहि मार्गदर्शन दिनुहुने नियामक निकायहरु र विशेष रुपले बैंकसँग अनवरत सहयात्रा गर्नुहुने आदरणीय शेयरधनी महानुभावहरुमा सम्पूर्ण बैंक परिवारको तर्फबाट हार्दिक धन्यवाद र कृतज्ञता जाहेर गर्दछु । साथै, यस बैंकको उन्नति र प्रगतिको लागि अहोरात्र प्रयासरत रही अमूल्य योगदान गर्नुहुने बैंकको सञ्चालक समितिका अध्यक्षज्यू, प्रमुख सल्लाहकारज्यू, लगायत सम्पूर्ण सञ्चालकज्यू प्रति हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।

(न्यौपाने एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।  प्रस्तुत विचार एनआइसी एशिया बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदनबाट लिइएको हो)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया