NIMB Header 2
Nepal Life

संघीय संसद्का दुवै सदनको बैठक आज, आर्थिक सर्वेक्षण पेश हुँदै

IME LIFE
  • BFIS News
  • 2026 May 27 10:09
संघीय संसद्का दुवै सदनको बैठक आज, आर्थिक सर्वेक्षण पेश हुँदै
United Ajod

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ।

Nepal Life
NIMB

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय गरिएको छ।

आजको प्रतिनिधिसभा बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ। साथै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना ले राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

उता राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन्। साथै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया