सुन र चाँदीको मूल्यमा वृद्धि, प्रतितोला सुन २ लाख ९२ हजार ८ सय रुपैयाँ
- BFIS News
- 2026 May 25 11:10
काठमाडौं । नेपाली बजारमा सोमबार सुन तथा चाँदी दुवै धातुको मूल्य बढेको छ।
अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्य पनि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १ सय ४० रुपैयाँले बढेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा खरिदबिक्री भएको थियो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)
.jpg)






प्रतिक्रिया