Nepal Life

बजेटअघि शेयर बजारमा सुधार, नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 27 15:13
बजेटअघि शेयर बजारमा सुधार, नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौं ।  आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघिको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य वृद्धि सहित बन्द भएको छ।

Nepal Life
NIMB

अघिल्लो कारोबार दिन सामान्य गिरावट आएको बजार बुधबार भने सकारात्मक बनेको हो।

यस दिन नेप्से परिसूचक ४.९९ अंकले बढेर २७८२.१० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.२१ अंकले वृद्धि हुँदा फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स समान ०.४३ अंकले बढेका छन्।

कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। मंगलबार ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ३५४ कम्पनीका १ करोड ५२ लाख ४९ हजार कित्ता शेयर किनबेच भएका छन्। कुल ६० हजार ५६२ पटकको कारोबारबाट ६ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।

शेयर मूल्य वृद्धितर्फ कालिञ्चोक हाइड्रोपावर अग्रस्थानमा रहेको छ। कम्पनीको शेयर मूल्य १४.९८ प्रतिशतले बढेको छ। त्यस्तै, बुंगल हाइड्रोको शेयर मूल्य १३ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य करिब साढे ८ प्रतिशतले बढेको छ।

घट्ने शेयरतर्फ १०.२५ प्रतिशत सानिमा डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक ६.६४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ७१ करोड २२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसपछि रिडी पावर कम्पनीको ४३ करोड रुपैयाँभन्दा बढी र नेशनल हाइड्रोपावरको ३२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

उपसमूहतर्फ १३ मध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहमा गिरावट आएको छ। बैंकिङ, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा तथा व्यापार उपसमूहमा सामान्य वृद्धि देखिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया