सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित
- BFIS News
- 2026 Aug 17 17:25
काठमाडौं, भदौ १ गते । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘क्लब अचिभर्स इभेन्ट २०८३’ सम्पन्न गरेको छ। ललितपुरस्थित पाँचतारे होटल रोयल टुलिप काठमाडौंमा आयोजित कार्यक्रममा क्लब योजनामा सफलता हासिल गर्ने देशभरका बीमा सल्लाहकारलाई सम्मान तथा प्रोत्साहन गरिएको हो।
कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, सञ्चालकहरू भरत कुमार तोदी र केशवराज केसी तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेलगायत उच्च व्यवस्थापनको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केडियाले विभिन्न स्थानबाट सहभागी क्लब सदस्यहरूलाई स्वागत गर्दै कम्पनीप्रति उनीहरूले देखाएको विश्वास तथा व्यवसाय वृद्धिमा पुर्याएको योगदानप्रति आभार व्यक्त गरे।
प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा सल्लाहकारलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए।
डेपुटी सीईओ निराजन कंडेलले जीवन बीमा व्यवसायमा टिमवर्क र सहकार्यको महत्वबारे धारणा राख्दै सामूहिक प्रयासबाट सफलता हासिल गर्न सकिने बताए।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत गोधूली, पृथ्वी, अग्नि, आकाश, ग्यालेक्सी र कसमस क्लबका योजना सञ्चालन गरेको छ। क्लबको सदस्यता प्राप्त गर्न वैयक्तिक कोड तथा टिम व्यवसायमार्फत संकलन गर्नुपर्ने न्यूनतम बीमाशुल्कको लक्ष्य तोकिएको कम्पनीले जनाएको छ।
तोकिएको लक्ष्य पूरा गरी क्लबमा सहभागी भएका सबै सदस्य तथा वैयक्तिक कोड र टिम व्यवसायतर्फ देशभर उत्कृष्ट तीन स्थान हासिल गर्ने बीमा अभिकर्तालाई कम्पनीले सम्मान गरेको थियो।
कार्यक्रममा गायक महेश काफ्ले र अस्मिता अधिकारी तथा हास्य कलाकार मिस पबी र सुन्दर खनालले प्रस्तुति दिएका थिए। नृत्य प्रस्तुतिसहित कार्यक्रमलाई मनोरञ्जनात्मक बनाइएको थियो।
कम्पनीका अनुसार सानिमा रिलायन्स लाइफले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता तथा ग्राहक सम्पर्क प्रणाली सुदृढीकरणमार्फत जीवन बीमा सेवा विस्तार गर्दै आएको छ। कम्पनीले हाल देशभर १६९ शाखामार्फत सेवा दिइरहेको छ।
कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी र लगानी २७ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने १७ हजारभन्दा बढी अभिकर्ता सक्रिय रहेको कम्पनीले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)





.jpg)


प्रतिक्रिया