असारभित्र केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गर्ने तयारी
- BFIS News
- 2026 May 28 13:42
काठमाडौं । चीनको केरुङदेखि काठमाडौंसम्म रेलमार्ग विस्तार गर्ने योजनाअन्तर्गत सम्भाव्यता अध्ययन कार्य अघि बढाइएको सरकारले जनाएको छ ।
अध्ययन कार्य २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार रेलमार्ग आयोजनासम्बन्धी प्रारम्भिक अध्ययन तथा प्राविधिक तयारीका कामहरू हाल जारी छन्। नेपाल–चीन कनेक्टिभिटी विस्तार गर्ने सरकारी नीतिअनुसार आयोजना अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।
चिनियाँ पक्षले अध्ययन कार्यलाई तीव्रता दिएको र निर्धारित समयभित्र प्रतिवेदन तयार पार्ने गरी काम भइरहेको मन्त्रालयको भनाइ छ। अध्ययन सम्पन्न भएपछि आयोजना निर्माण चरणमा प्रवेश गर्ने तयारी गरिएको पनि मन्त्रालयले उल्लेख गरेको छ।
नेपाल र चीनबीच बहुपक्षीय पूर्वाधार तथा यातायात सञ्जाल विस्तार गर्ने उद्देश्यसहित रेलमार्ग परियोजनालाई महत्वका साथ अघि बढाइएको सरकारी अधिकारीहरूले बताएका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpeg)









प्रतिक्रिया