Nepal Life

प्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरहरुको ‘संगीत र हाँसोको गुञ्जन’ कार्यक्रम पोखरामा सम्पन्न

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 29 12:59
प्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरहरुको ‘संगीत र हाँसोको गुञ्जन’ कार्यक्रम पोखरामा सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना अभिकर्ता लिडरहरुलाई लक्षित गर्दै आयोजना गरेको ‘संगीत र हाँसोको गुञ्जन, रमाइलो पोखरा’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। जेठ १३, १४ र १५ गते तीन दिनसम्म पर्यटकीय नगरी पोखरामा सञ्चालन गरिएको कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक तथा सांगीतिक गतिविधि समावेश गरिएको थियो।

Nepal Life
NIMB

कम्पनीका अनुसार कार्यक्रममा फेवा ताल अवलोकन, ताल बाराही मन्दिरमा भजन कन्सर्ट, सांगीतिक साँझ तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिएको थियो। कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो।

कार्यक्रमको उद्घाटन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले यस्ता कार्यक्रमले अभिकर्ता लिडरहरुलाई कार्यव्यस्तताबाट केही समय विश्राम र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे। ताल बाराही मन्दिरमा आयोजित भजन कन्सर्टले सहभागीहरुलाई फरक अनुभव दिलाएको उनले बताए।

कार्यक्रममा कम्पनीसँग आवद्ध करिब १ सय ५० भन्दा बढी अभिकर्ता लिडरहरुको सहभागिता रहेको थियो। सहभागीहरुले पोखरा भ्रमणसँगै सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको आनन्द लिएका थिए।

सांगीतिक कार्यक्रममा गायिका समिक्षा अधिकारी, गायक प्रकाश सपुत तथा हास्य कलाकार सन्दीप क्षेत्रीको प्रस्तुति रहेको थियो। साथै पोखराका स्थानीय भजन समूहले ताल बाराही मन्दिर परिसरमा भजन प्रस्तुत गरेका थिए।

कार्यक्रमको समापनका अवसरमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले गीत, संगीत, भजन र हास्य प्रस्तुतिले सहभागी अभिकर्ता लिडरहरुलाई मनोरञ्जन प्रदान गरेको बताए।

कम्पनीले अभिकर्ताहरुलाई लक्षित गर्दै समय–समयमा मोटिभेसनल, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया