NIMB Header 2
Nepal Life

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई लिङ्देनको आग्रह

IME LIFE
  • BFIS News
  • 2026 May 29 13:08
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई लिङ्देनको आग्रह
United Ajod

काठमाडौं । राजेन्द्र लिङ्देन ले राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई तत्काल पहल गर्न आग्रह गरेका छन्।

Nepal Life
NIMB

उनले प्रतिवेदनमा उल्लेख भएका व्यक्तिहरूले पनि कानुनी प्रक्रियामार्फत सफाइ लिन ढिलाइ गर्न नहुने बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले मानव अधिकार आयोगको प्रतिवेदनलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राखेका हुन्।

उनले उक्त प्रतिवेदन नेपालभित्र मात्रै सीमित नहुने र संयुक्त राष्ट्रसंघसँग आबद्ध अन्तर्राष्ट्रिय मानव अधिकार संयन्त्रहरूमा समेत अभिलेखका रूपमा रहने बताए। यसअघि मानव अधिकार उल्लंघनमा दोषी ठहर भएका व्यक्तिहरूमाथि विभिन्न देशहरूले भ्रमण प्रतिबन्ध लगाएका उदाहरण रहेको उल्लेख गर्दै उनले सम्बन्धित पक्षले समयमै आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुपर्ने बताए।

लिङ्देनले प्रतिवेदनले विभिन्न विषय उजागर गरेको उल्लेख गर्दै सरकारले त्यसको कार्यान्वयनमा सक्रियता देखाउनुपर्ने आवश्यकता औंल्याए। साथै उनले राप्रपा मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको दाबी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया