Nepal Life

विदेशी लगानीकर्तालाई अपार्टमेन्ट दीर्घकालीन लिजमा उपलब्ध गराउने व्यवस्था

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 29 16:47
विदेशी लगानीकर्तालाई अपार्टमेन्ट दीर्घकालीन लिजमा उपलब्ध गराउने व्यवस्था

काठमाडौं । सरकारले विदेशी लगानीकर्ता तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई आवास प्रयोजनका लागि अपार्टमेन्ट दीर्घकालीन लिजमा लिन सक्ने व्यवस्था गर्ने घोषणा गरेको छ।

Nepal Life
NIMB

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा कार्यरत विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संघसंस्था र बहुराष्ट्रिय कम्पनीका शाखाहरूलाई लक्षित गर्दै आवासीय सुविधा उपलब्ध गराउने व्यवस्था गरिने जानकारी दिएका हुन्।

बजेटअनुसार कुल अपार्टमेन्ट इकाइमध्ये २५ प्रतिशतभन्दा बढी नहुने गरी विदेशी लगानीकर्ता तथा संस्थाहरूले दीर्घकालीन लिजमार्फत आवासीय प्रयोजनका लागि अपार्टमेन्ट उपयोग गर्न सक्नेछन्।

यो व्यवस्था आवासीय भवन तथा सरकारले तोकेका निश्चित स्थानहरूमा लागू हुने उल्लेख गरिएको छ। सरकारले यसबाट विदेशी लगानीकर्ताका लागि आवासीय सुविधा सहज हुने र रियल इस्टेट क्षेत्रमा गतिविधि विस्तार हुने अपेक्षा गरेको छ।

सरकारले लगानीमैत्री वातावरण निर्माण गर्दै विदेशी लगानी आकर्षित गर्ने उद्देश्यअनुसार यो नीति ल्याइएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया