NIMB Header 2
Nepal Life

स्युचाटारमा देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गर्ने सरकारको घोषणा

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 29 17:07
स्युचाटारमा देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गर्ने सरकारको घोषणा
United Ajod

काठमाडौँ, जेठ १५ गते । सरकारले काठमाडौँको स्युचाटारमा देशकै पहिलो ‘सार्वभौम एआई (आर्टिफिसियल इन्टेलिजेन्स) कम्प्युट केन्द्र’ स्थापना गर्ने घोषणा गरेको छ ।

 

Nepal Life
NIMB

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार स्युचाटारमा स्थापना गरिने उक्त कम्प्युट केन्द्रमार्फत हजारौँ एआई प्रोसेसिङ युनिट (APU) खरिद गरी एआई उद्यमी तथा स्टार्टअपहरूलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराइनेछ ।

सरकारले यस कार्यक्रममार्फत नेपाली युवा उद्यमी र प्रविधि क्षेत्रमा नवप्रवर्तनकारी गतिविधिलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया